नयाँ सिडियो भन्छन्, ‘मोरङका सरकारी कार्यालयलाई कडाई गरिनेछ’

<span class='c1'>नयाँ सिडियो भन्छन्, ‘मोरङका</span> <span class='c2'>सरकारी कार्यालयलाई कडाई गरिनेछ’</span>

विराटनगर । लामो समयसम्म विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गर्दैै आएका मदन भुजेलले जिल्ला प्रशासन कार्यालय मोरङको कार्यभार सम्हालेका छन् ।
नेपाल सरकारका सह–सचिव भुजेलले बिहीबारबाट जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्व सम्हालेका हुन् । यसअघिका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको सरुवा भएपछि उनी मोरङमा नयाँ सिडिओकोरुपमा बाँकेबाट सरुवा भएर आएका हुन् ।
यसअघि उनले झापा र रामेछापमा प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गरिसकेका छन् । विभिन्न जिल्लामा स्थानिय विकास अधिकारीको कार्यभार समेत सम्हालिसकेका भुजेलले मोरङमा नयाँ योजनाका साथ काम गर्ने बताए । मोरङ प्रशासनको नेतृत्व सम्हालिसकेपछि आज जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकारसंगको परिचयात्मक कार्यक्रममा उनले आफुले जिल्लामा शान्तिसुरक्षा र सुशासन कायम गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।
उनले जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरुले प्रवाह गर्ने सेवालाई उत्तरदायि र जनमैत्री बनाउने प्रतिबद्धता समेत ब्यक्त गए । प्रमुख जिल्ला अधिकारी भुजेलले चाडपर्व नजिकिंदै गएका कारण बजारमा हुनसक्ने मिसाबट नियन्त्रण गर्न अनुगमन सयंन्त्रलाई प्रभावकारी बनाउने बताए । खुल्ला सिमानाबाट हुने तस्करी नियन्त्रण गर्न कडाई गरिने प्रष्ट पारे । उनले लागुऔषध ओसारपसार र दुब्र्यसन नियन्त्रण गर्न समेत प्रभावकारी कदम चालिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्