विराटनगर १५ मा मानव ओसार पसार विरुद्धको सचेतना कार्यक्रम

<span class='c1'>विराटनगर १५ मा मानव ओसार</span> <span class='c2'>पसार विरुद्धको सचेतना कार्यक्रम</span>

विराटनगर । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १५ को समन्वय , ईलाका प्रहरी कार्यालय रानीको सहकार्य र आफन्त नेपालको आयोजनामा विद्या बिकास आधारभुत विद्यालयको भवनमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिका वडानम्बर १५ मा आफन्त नेपालद्वारा गठित महिला समुह र सोही वडामा रहेको आमा समुहबिच सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
सरकारको प्रतिबद्धता मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ १ दिने अभिमुखिकरण कार्यक्रम सन्चालन गरिएको हो । मानव बेच बिखन कसरी हुन्छ अनी त्यसबाट बच्ने उपायहरु सहित महिला माथि हुने हिंसा न्युनिकरणको बारेमा अभिमुखिकरण कार्यक्रममा छलफल भएको आफन्त नेपाल विराटनगरकी कार्यालय प्रमुख मनु रानाले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्