बिराटनगर भदौ २१ , कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ मोरङको बार्षिक साधारणसभा शुक्रबार धनकुटाको भेडेटारमा सम्पन्न भएको छ । भेडेटारको होटेल मेजिस्तिकमा आयोजना गरिएको दोस्रो साधारणसभाबाट नयाँ कार्यसमितिको चयन भएको छ ।
समितिको अध्यक्षमा राजेन्द्र यादव निर्वाचित भएका छन् ।
कार्यसमितिको उपाध्यक्षमा प्रविन कुण्डलीया निर्वाचित भएका छन् भने सचिवमा अजिप चापागाई, , सह–सचिवमा सौरब गोल्छा कोषाध्यक्षमा पंकज गुल्गुलिया चयन भएका छन् ।
त्यस्तै सदस्यमा सुमित शाह र स्वप्निल कार्की चयन भएका छन् ।