आज देशका पश्चिमी र पुर्वी भुभागका केही स्थानमा मध्यम वर्षा

आज देशका पश्चिमी र पुर्वी भुभागका केही स्थानमा मध्यम वर्षा

काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर केही दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थान आसपास छ। उत्तर ओडीशा र पश्चिम बंगाल आसपास न्युन चापिय प्रणाली रहेको छ।

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

मनसुनकै समय भएकाले वर्षा निरन्तर नभई केही समय घाम लाग्ने केही समय आंशिकदेखि सामान्य बदली भई वर्षा हुने क्रम जारी रहने मौसमविद्को भनाइ छ । यसको प्रभावले तीन दिन देशभर वर्षा हुनेछ ।

शनिबार बिहान देशका पश्चिमी र पुर्वी भुभागका केही स्थानमा मध्यम वर्षा भईरहेको छ। दिउँसो देशभरी सामान्य बदली भई पुर्वी, मध्य र पश्चिमका केही स्थानमा मेघ गर्जन/चट्टयाङसहित मध्यम वर्षा हुनेछ।  राति मध्य र पुर्वी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आइतबार देशका विभिन्न भूभागमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। सोमबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्