ईश्वर सहकारीको साधरण सभा, नव दुलहीलाई १० कित्ता शेयर

ईश्वर सहकारीको साधरण सभा, नव दुलहीलाई १० कित्ता शेयर

विराटनगर । ईश्वर बचत तथा ऋण सहकारी संस्थाले ८ औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । विराटनगर ८ मा रहेको सहकारीले शनिबार कटहरी २ स्थित जीवन विकासको सभा हलमा आयोजित साधारण सभामा जेष्ठ नागरिक तथा उत्कृष्ट बाल बचत कर्तालाई सम्मान गरेको हो ।
सहकारीले शेयर सदस्यका जेष्ठ माता पितालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा ८५ बर्षिय राम प्रसाद बास्तोला, ७३ बर्षिय पिताम्बर घिमिरे, ७० बर्षिया दिल माया घिमिरे र भगवती घिमिरेलाई सम्मान गरेको हो ।
यसैविच शेयर सदस्यका बालबालिकाको भविष्य सुनिश्चितको लागी सानै उमेरदेखि बचत गर्ने बानीको विकास गराउनको साथै सहकारीताको भावना जागृत गराउने उदेस्यले बाल बचतका उत्कृष्ट बाल बचतकर्ता आयूष भगवत र प्रयास कटुवाललाई सम्मान तथा पुरस्कृत गरेको छ ।
त्यसैगरी सकृय सदस्य तथा संचालक, उत्कृष्ट बचतकर्ता तथा ऋणीलाई सम्मान गरिएको छ । साथै सहकारीले नव दुलही उपहार स्वरुप १० कित्ता सेयर प्रदान गरेका छ । संस्थाले ६ जना नव दुलहीलाई १० कित्ताको दर शेयर प्रमाण पत्र प्रदान गरेको छ । कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, जिल्ला सहकारी संघका विरेन्द्र यादव , जीवन विकास समाजका योगेन्द्र मण्डल, राष्ट्रिय सहकारी बैंक लिमिटेड विराटनगरका शाखा प्रमुख प्रभु पोखरेल, ईश्वर बचत तथा सहकारी सस्थाका अध्यक्ष बल बहादुर घिमिरे लगायत बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्