बिराटनगरमा बिद्यार्थीहरुको लागि बैज्ञानिक सेमिनार, ३ सय सहभागी

बिराटनगरमा बिद्यार्थीहरुको लागि बैज्ञानिक सेमिनार, ३ सय सहभागी

विराटनगर । विराटनगरमा आयोजना गरिएको बिद्यार्थीहरुको लागि बैज्ञानिक सेमिनारमा ३ सय विद्यार्थीको उपस्थित भएका छन् । क्रिशु कन्सल्टेन्सीले शनिबार विराटनगरमा आयोजना गरेको एक दिने सेमिनारमा विद्यार्थीहरुको बाक्लो उपस्थित रहेको थियो ।
सेमिनार कार्याक्रमा अमेरिकाबाट आएका बैज्ञानिक डा. कपिल पौडेलले विद्यार्थीहरुलाई आफ्नो दिमागलाइ कसरी सही प्रयोग गर्ने , बिद्यार्थीहरुको राइट ब्रेन एक्टिभेसन तथा बिद्यार्थीमा हुने स्ट्रेस म्यानेजमेन्ट सम्बन्धी तालिम दिईएको सस्थाका संयोजक दिलेन्द्र देवले जानकारी दिए । बिद्यार्थीहरुलाई पढाई तथा अन्य क्रियाकलापमा सफल बनाउन सकिन्छ भन्ने उदेश्यका साथ सेमिनार गरिएको देवले बताए । उक्त सेमिनार प्रदेश नम्बर १ मा पहिलोपटक गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्