चेलिबेटी बेचबिखनको जालो फैलँदै, नियन्त्रणमा सबैको साथको खाँचो

चेलिबेटी बेचबिखनको जालो फैलँदै, नियन्त्रणमा सबैको साथको खाँचो

बिराटनगर । अम्वे मुरारी सेवा केन्द्र बिराटनगरले समुदाय (प्रहरी साझेदारी कार्यक्रम मार्फत चेलिबेटी बेचबिखन बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
बिराटनगर ८ स्थित गिता मन्दिरको सभा हलमा आयोजित कार्यक्रममा चेलिबेटी बेचबिखनकोे पछिल्लो तथ्यांक र संलग्नहरुले चेलीबेटी बेच्न बनाउने योजनाका सन्दर्भमा सचेतना दिईएको थियो ।
मोरङ प्रहरी प्रमुख विश्व अधिकारीले आधुनिक युगको सिको गर्ने बहानामा भित्रिएका प्रविधि र अन्जानमा भएका संगतका कारण चेलिबेटी बेचबिखनको जालो फैलिएको बताउदै सचेत बन्न आग्रह गरे ।
माइती नेपाल विराटनगरका संयोजक बिनोद पोखरेलले चेलिबेटी बेचबिखनको पछिल्लो अवस्था, जोखिम र चेतनाका बिबिध पक्षमा सहभागीहरूलाई जानकारी गराएका थिए ।
समाजसेवी मिना जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारती पोखरेल, बेनीगोपाल मुन्दडा लगायतले चेलिबेटी बेचबिखन रोक्न सबै तहमा हातेमालो हुनु आवश्यक रहेकोमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्