विराटनगर ३ श्रीमार्ग टोल विकासका १५ जनालाई सम्मान

विराटनगर ३ श्रीमार्ग टोल विकासका १५ जनालाई सम्मान

विराटनगर । विराटनगर–३ स्थित श्रीमार्ग सडक निर्माण उपभोक्ता समितिले जेष्ठ नागरिक सहित टोल विकासमा महत्वपूर्ण योगदान पु¥याउने १५ जनालाई सम्मान गरेको छ । शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकसहित टोल विकासमा योगदान पु¥याउनेहरूलाई सम्मान गरेको हो ।
कार्यक्रमका अध्यक्ष खिला नाथ सुवेदीले प्रशंसापत्र, दोसल्ला र खादा लगाएर जेष्ठ नागरिक तथा टोलको विकासमा योगदान गर्नेहरूलाई सम्मान गरेका थिए । कार्यक्रममा सहभागिहरूले विकास निर्माणमा अग्रज समाजसेवीहरूको योगदानकै कारण दुर्गम गाउ पनि शहरका रुपमा रुपान्तर भएको बताए ।
उनिहरूले सबैको साथ र सहयोगबाट मात्रै विकासका कामले गति लिने भएकाले विकासमा सबैको हातेमालो आबश्यक रहेको धारणा राखे । स्थानीय समाजसेवी भरत ठकुरी, तेजकुमारी पराजुली लगायतले श्रीनगर टोलको विगतको अवस्था र हाल आएको परिवर्तनबारे जानकारी गराएका थिए । कार्यक्रममा श्री मार्ग सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष चुणामणी पराजुलीले सडक निर्माणको आय व्यय प्रस्तुत गरेका थिए । उनले श्री मार्ग सडक निर्माणका लागि थप बजेट विनियोजन भइसकेकाले गुणस्तरीय निर्माणका लागि अझै एक पटक सबैको साथ आबश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्