विराटनगरमा मासिक एकलाख नदिएपछि भन्सार तिरेको माछा प्रहरीले सडकमा फालेको आरोप

विराटनगरमा  मासिक एकलाख नदिएपछि भन्सार तिरेको माछा प्रहरीले सडकमा फालेको आरोप

विराटनगर । भन्सार राजस्व तिरेर माछा आयात गर्दा पनि विभिन्न ठाउँमा चेकजाँच गरेर प्रहरीले अनावश्यक दुःख दिने गरेको माछा व्यवसायीहरुले गुनासो गरेका छन् ।
पैसा नदिएकै कारण भन्सार तिरेको विल देखाउँदा पनि भारतबाट आयात गरेको माछा प्रहरीले सडकमा फ्याँकिदिएको व्यवसायीले आरोप लगाएका छन् । विराटनगर भन्सार कार्यालयमा साढे ३६ हजार राजस्व तिरेर माछा ल्याउँदै गर्दा प्रहरीले कलेज रोडमा रोकेर सडकभरि फ्याकिदिएको उनीहरुको भनाइ छ ।
साढे ३ लाखको माछा ३५ क्यारेटमा भन्सार तिरेर ल्याएको भएपनि प्रहरीले पैसामाग्दा नदिएपछि सडकभरी फालि दिएको व्यवसायी निलम सहनीले बताईन् । पहिलादेखि नै प्रहरी कार्यालयका अधिकृतहरुले मासिक १ लाख बुझाउन भन्दै आएका थिए । तर उनले आफु गलत काम गर्ने र भन्सार तिरेर नै सामान ल्याउने भनेपछि प्रहरीले आफुमाथि लक्षित गरी दुख दिएको सहनीको भनाई छ ।
प्रहरीलाई विल देखाउँदा देखाउँदै रोकेर माछा भुईभरी फालिदिएको उनले बताईन् । आफूहरुको गल्ती भए कारबाही भोग्न तयारी रहेको बताएकी सहनीले अनाहकमा दुख दिएर गरिखानेलाई अप्ठेरो पारेको बताईन ।
अर्का माछा व्यवसायी दिपेश सहनी र सीता सहनीले पनि बारम्बर प्रहरीले दुःख दिइरहेको गुनासो गरेका छन् । भन्सार काटेर आएको माछा दुई ठाउँमा सशस्त्र प्रहरीले चेक गरेर छोडे पनि कलेज रोडमा फेरि चेक गरेर राजस्व बिल देखाउँदा देखाउँदै प्रहरीले त्यो बिललाई पनि नक्कली हो भन्दै सडकमा माछा फ्याकिदिएको गुनासो उनीहरुको छ ।

प्रहरी निरीक्षक विज्ञान बस्नेतले भने सुरुमा बिल नदेखाएको र पछिबाट बिल देखाएको भन्दै घटनाका विषयमा अनुसन्धान गरिरहेको बताए । माछा व्यवसायीहरुले प्रहरी ज्यादती नरोकिए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
पछिल्लो समय प्रहरीको ज्यातदी बढ्दै गएको गुनासो चौतर्फी आउन थालेको छ । चाडवाड नजिकिँदै गर्दा प्रहरीले दुख दिने तर्साउने तथा कानुन अनुसार आयात भएका बस्तु तथा सामान असुलीका लागि दवाव दिने गरेको यो घटनाले पुष्टी गरेकोछ ।

पीडितका भनाईलाई नै आधार मान्ने हो भने, यस अघि पनि सरीता नाम गरेकी महिलाबाट ४० हजार मागगेको नदिएपछि सबै सामान फालि दिएको थियो । त्यस्तै बिनोदसँग पनि प्रहरीले मासिक रुपमा असुली गर्दै आएको थियो । तर ४० हजार थोरै भएपछि प्रहरीले सामान पक्राउ गरेको थियो । डिएसपीको नाम लिएर सहनीले मासिक १ लाख नदिएर अत्याधिक दुख दिने भनेको बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्