कोरामै किरियापुत्रीको मृत्यु भएपछि पाल्पामा सुरुभयो-मृत्यु संस्कार बहस !

कोरामै किरियापुत्रीको मृत्यु भएपछि पाल्पामा सुरुभयो-मृत्यु संस्कार  बहस !

पाल्पा। मृत्यु संस्कारको काम १३ दिनबाट घटनाएर पाँच वा सात दिन गर्नुपर्छ भन्ने विषयमा केही वर्षदेखि बहस सुरु भएको छ।

कतैकतै त १३ दिनलाई घटाएका अभ्यास पनि भएका छन्।अब त्यो सँगै मृत्यु संस्कारमा किरिया बस्ने व्यक्तिको स्वास्थ्य अवस्थाबारे पनि बहस थाल्नुपर्ने सरोकारवालाले जनाएका छन्।

उनीहरुका भनाईमा किरियामा बस्ने (किरियापुत्री)को स्वास्थ्य जाँचबिना सीमित खानपानमा गरिने संस्कारले अर्को मृत्युको खतरा उत्पन्न पनि हुन सक्छ।

यस्तै घटना भएको छ, पाल्पाको रामपुरमा।

रामपुर नगरपालिका ६ घर भएका कांग्रेस नेता देवराज ढकालकी आमा बितेको चार दिनमा किरिया बसेकै समयमा उनकी पत्नी गौरा ढकालको ज्यान गयो।

८४ वर्षीया सासु भीमकुमारी ढकालको मृत्युपछि किरिया बसेकी ६७ वर्षीया गौराको किरिया बसेकै ठाउँमा मृत्यु भएपछि कांग्रेस नेता ढकालले भने, ‘संस्कार मान्नुपर्छ, तर अस्वस्थ मानिसले जोखिम मोल्नु हुँदैन भन्ने पाठ सिक्यौँ।’

सुगर र लो ब्लड प्रेसरकी बिरामी ढकालले किरिया बसेको बेला नुन नखाएपछि एक्कासी स्वास्थ्य समस्या थपिएर यस्तो घटना भएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

ढकाल परिवारमा समवेदन व्यक्त गर्न पुगेका बुटवल अस्पतालका सञ्चालनकद्वय माधव थापा र जंगबहादुर थापाले रामपुरको यो घटनाले समाजमा मृत्यु संस्कारको नाममा गरिने कट्टर कामकाजलाई छोटोछरितो बनाउनुपर्ने सन्देश दिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्