मौसम जानकारी : आज देशैभरी आंशिक देखि सामान्य बदली

मौसम जानकारी : आज देशैभरी आंशिक देखि सामान्य बदली

काठमाडौं । अहिले देशभर आंशिक देखि सामान्य बदली भई पूर्वी पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज देशभरी आंशिकदेखि सामान्य बदली रही पूर्व देखि पश्चिम सम्मकै केही स्थानमा मध्यान्हपछि मेघ गर्जन र चट्यांङ सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

पूर्वानुमान महाशाखाले सोमबारसम्म नै आंशिक रुपमा बदली र वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । मनसुनी न्युनचापीय रेखा औसत स्थान आसपास अवस्थित रहेको र उत्तर उडिसा र पश्चिम बंगाल आसपास न्युनचापीय प्रणाली रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्