गरिखानेको कथा : भेडेटारका “गोरे दाई” को थुप्पा पसलबाट मासिक लाख कमाउछन

गरिखानेको कथा : भेडेटारका “गोरे दाई” को थुप्पा पसलबाट मासिक लाख कमाउछन

बिबेक दाहाल 

बिराटनगर भदौ २३ , धनकुटा भेडेटारमा रहेको "मनिराज होटेल (गोरे दाईको पसल)" मा दैनिक अन्तरिक तथा बिदेशी पर्यटकको भिड लाग्ने गर्दछ । बिस २०४९ सालमा जम्मा ५ सय रुपैयामा खाजा पसल खोलेका बिक्रम मगर "गोरे दाइ" को आज भेडेटार चोकमा मै ५ तल्लाको होटेल रहेको छ । गोरे दाईको पसलमा थुप्पा,खाजा,खाना लगायतका परिकार पाइन्छ। उनको पसलमा आउने ग्राहकको मुख्य रोजाई भनेको थुप्पा र म:म रहेको उनि बताउछन ।

थुप्पा मिठो लागेरै उनको पसलमा धरान , बिराटनगरबाट मान्छे आउने गरेको उनको भनाइ छ ।

पुराना दिन सम्झदै भन्छन "पहिला दिनको २०-३० हजार सम्म बिक्रि हुन्थियो तर अहिले धेरै खाजा पसल खुले ,अहिले पनि १०-१२ हजार दैनिक बिक्रि हुने गरेको छ" । उनको पसलमा एकपटक आएको ग्राहक फेरी पनि आउने गरेको उनको भनाइ छ । उनको पसलमा उनि आफै र उनका परिवार खट्ने गर्छन । गोरे दाईलाई भेडेटार देखि धरानसम्म मानिसहरुले चिन्ने गर्छन ।

भेडेटारमा पर्यटकको संख्या बढेको तर होटेल धेरै भएकोले सबै बाडीएको उनको भनाइ छ । कुनै समय उनिले दैनिक सयौ  यात्रुलाई खाना खाजा ख्वाउने गरेको पनि उनि सम्झन्छन्  । सुरुमा जम्मा ५ सय बाट तिहारको लक्ष्मी पुजाको दिन सुरु गरेको पसलबाट नै आज उनको परिवार चल्छ , भेडेटारमा लगभग १ करोडको घर जग्गा उनले यहि व्यवसायबाट जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्