यसवर्षको टीकाको साइत १० बजेर ३५ मिनेट निर्धारण

यसवर्षको टीकाको साइत १० बजेर ३५ मिनेट निर्धारण

काठमाडौं भदौ २३ , 

नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको टीकाको साइत निर्धारण गरेको छ । समितिको बैठकले टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेट निर्धारण गरेको हो । पञ्चाङ् निर्णायक समितिको बैठकले घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो । समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमले देवी विसर्जनको साइत विहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको जानकारी दिनुभयो ।  असोज १२ गते आइतबार नवरात्रको प्रारम्भ हुनेछ ।

घटस्थापनाको साइत १२ गते बिहान १० बजेर ३५ मिनेट निर्धारण गरिएको छ । १३ गते सोमबार सेनाको झण्डा फेर्ने साइत बिहान १० बजेर २५ तोकिएको छ । समितीले पश्चिम मोहडा गरेर झण्डा फेर्न आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्