प्रदेश १बाट पहिलो पटक डिजिटल साक्षरता अभियान शुरु, १० बर्षमा झोला र किताव अन्त्य गर्ने

<span class='c1'>प्रदेश १बाट पहिलो पटक डिजिटल साक्षरता  अभियान</span> <span class='c2'>शुरु, १० बर्षमा झोला र किताव अन्त्य गर्ने</span>

विराटनगर । प्रदेश १ सरकारले नेपालमै पहिलो पटक डिजिटल साक्षरता शिक्षा अभियान संचालनमा ल्याएको छ । ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवस एवम् ४० औ राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर डिजिटल साक्षरता अभियान संचालनमा ल्याएको हो । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका बिच अभियानको शुभारम्भ गरेका हुन् ।
मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर १ टंकीसिनवारीमा रहेको नरग्राम माध्यामिक बिद्यालयमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेशका सबै विद्यालयमा डिजिटल प्रबिधिबाट पठन पाठन हुने बताए । डिजिटल साक्षरता शिक्षा प्रदेश सरकारको आफ्नै कार्यक्रम भएकोले यो अभियानमा पालिकाहरु र विद्यालय स्वयम्ले लगानी गरि त्रिपक्षिय रुपमा साझेदारीको अभियानमा संचालन हुने स्पष्ट पारे ।

‘प्रदेश सरकारले डिजिटल प्रबिधिलाई उच्च महत्व दिएको छ, मुख्यमन्त्री राईले भने, यो नेपाल मै पहिलो नमुना परियोजना हो , सबैको साझेदारी महत्वपुर्ण छ ।’ उनले प्रदेशका सबै विद्यालयमा यो अभियान संचालन गरेर डिजिटल प्रबिधिबाट शिक्षा दिईने काम प्रदेश सरकारले अभियानको शुरुमा शुरु गरेको बताए ।
कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले मुख्यमन्त्रीको प्रदेश डिजिटलाईज अभियन अन्तरगत बिद्यालय केन्द्रीय कार्यक्रम शुरु भएको बताए । पहिलो चरणमा प्रदेशका १ सय बिद्यालयहरु डिजिटल प्रबिधिमा जाने दाबी गरे । १० बर्ष भित्र झोला र किताव बिस्थापित गर्ने योजना अनुसारको कार्यक्रम शुरु भएको उनले बताए । अबको १० बर्षमा सबै बिद्यालयहरुबाट पुस्तक र झोला अन्त्य हुने स्पष्ट पार्दै त्यसको लागि सबैको सहयोगको खाँचो रहेको औल्याए । मन्त्री घिमिरेले सिङ्गो प्रदेशलाई नै डिजिटल लिट्रेसी युक्त प्रदेश बनाउनको लागि सबैसँग आब्हान गरे ।
यस्तो छ, सफल बनाउने उपाय
प्रदेश सरकारले निर्देशिका बनाएर प्रदेशको शिक्षा कस्तो हुने र त्यसको लागि के के गर्ने भनेर स्पष्ट कानूनी बाटो खोलेको छ । डिजिटल साक्षरता शिक्षा संचालन गर्ने बिद्यालयहरुले प्रदेश सरकारले आब्हान गरेको समयमा आबेदन हाल्नेछन् । त्यसको आधारमा प्रदेश सरकारले निवेदन दिने बिद्यालयलाई सामान गरिद गर्नको लािग २ लाख दिने छ ।
प्रदेश सरकारले २ लाख रकम दिएपछि त्यसमा दुईलाख स्थानीय तह पालिकाले थप्नु पर्ने छ । सम्बन्धीत पालिकाले थपेको २ लाख सहित ४ लाख हुने र बिद्यालय ब्यवस्थापन समितिले २ लाख गरि संयुक्त पहलमा ६ लाखले प्रबिधि जडान गर्नको लागि बाटो खोल्ने छ । तर त्यसलाई कसरी जडान गर्ने भन्ने बारेमा प्रदेश सरकारले अमेरिकामा रहेको नेपालीहरुले संचालनमा ल्याएको संस्था ईक्वालिटी फाउण्डेशन सँगको साझेदारीमा उनीहरुले ईन्टरनेट तथा प्रबिधि सिकाउने काम बिद्यालयका शिक्षक र अभिभावकलाई गराउने छन् । त्यस्तै अर्को संस्थालाई पनि प्रदेश सरकारले साझेदार संस्थाको रुपमा लिएको छ । युनाईटेड वर्ड स्कुलको सहयोगमा प्रबिधि जडानको काम हुने समेत मन्त्री घिमिरेले जानकारी दिए ।

यो अभियानलाई चारवटा महत्वपुर्ण कडिको रुपमा लिईएको छ । हरेक बिद्यालयमा सुचना प्रबिधि शिक्षा प्रणाली, आमा समुह गठनगरि समुहलाई ईन्टरनेट तथा कम्प्युटर शिक्षा, अत्याधिक सबल बिद्यालय र शैक्षिक रुपमा कमजोर बिद्यालय बिचको मितेरी सम्बन्ध कायम गरेर पनि शिक्षा प्रणालीलाई बलियो बनाउने आधारको रुपमा लिईएको सामाजिक विकास मन्त्रलयका सचिव हरिप्रसाद दाहालले बताए । एक सय बिद्यालयबाट शुरु भएको यो अभियान प्रदेश भित्र रहेका १२ सय बिद्यालयहरुमा पुर्याईने जनाईएको छ ।
प्रबिधि मैत्री शिक्षण प्रणाली तथा डिजिटल साक्षरता अभियान आजबाट १५ वटा विद्यालयमा संचालनमा ल्याईएको छ । एकै ठाउँबाट कहाँ के भईरहेको छ भनी हेर्न मिल्ने गरी यो प्रबिधि सार्बजनिक गरिएको हो ।

टंकी सिनवारीको नरग्राम माध्यामिक बिद्यालय सहित सुुकुना माध्यामिक बिद्यालयमा भईरहेको गतिबिधि, हिमाल माध्यामिक बिद्यालय दमक लगायत अन्य बिद्यालयहरुमा प्रबिधि जडान पछि भईरहेका गतिबधिको बारेमा मुख्यमन्त्रीले नरग्राम माध्यामिक विद्यालयकै सरोवरबाट निरिक्षण गरेका थिए । एउटै सिस्टमबाट कहाँ के भईरहेको छ निगरानी गर्न सकिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्