विराटनगर विमानस्थको डिपिआर असोज १५ सम्ममा सार्बजनिक हुने, दवाव दिन समिति काठमाडौमा

<span class='c1'>विराटनगर विमानस्थको डिपिआर असोज १५ सम्ममा</span> <span class='c2'>सार्बजनिक हुने, दवाव दिन समिति काठमाडौमा</span>

विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय बनाउने बारेमा डिपीआर स्वीकृत नभएको बारेमा बनेको संघर्ष समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेको छ।  विमानस्थल स्तरोन्नतिका लागि दबाब दिन विराटनगरबाट काठमाडौं पुगेको टोलीले मन्त्री भट्टराईसँग भेटेर तत्काल डिपीआर स्वीकृत गरि क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल बनाउन दवाव दिएको हो ।
विराटनगर विमानस्थललाई क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल बनाउँ संघर्ष समितिको तर्फबाट गएको टोलीमा पुर्ब मन्त्री तथा प्रतिनिधि सभाका सांसद शिवकुमार मण्डल, संघर्ष समितिका संयोजक पुण्य भट्टराई, सह संयोजक फडिन्द्र अधिकारी, सदस्य सचिव देवी गौतम (रविन) संघर्ष समितिका सल्लाहाकार राजेन्द्र राउत, भोगेन्द्र यादव, पारुल क्षेत्री र जीतेन्द्र ठाकुर थिए ।
टोलीसँगको भेटमा मन्त्री भट्टराईले तत्काल विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको संघर्ष समितिका संयोजक पुण्य भट्टराईले जानकारी दिए ।
विराटनगर विमानस्थलको डीपीआर निर्माणको काम लगभग ९५ प्रतिशत सकिएको बताउँदै असोज १५ भित्र विराटनगरमा डीपीआर सार्वजनिक गर्ने मन्त्री भट्टराईले प्रतिवद्धता जनाउनु भएको संघर्ष समितिका संयोजक भट्टराईले जानकारी दिए । । टोलीसँग मन्त्रीले विमानस्थल निर्माणका लागि प्रदेश र संघीय सरकारले संयुक्त रूपमा निर्माण गर्ने बताएका थिए ।
विराटनगर विमानस्थल स्तरोन्नतिका लागि दबाब दिन विराटनगरबाट संघीय सांसद शिवकुमार मण्डलको नेतृत्वमा टोली काठमाडौँ गएको हो ।
डिपिआर अस्वीकृत भएको समाचार सार्बजनिक भएसँगै मन्त्री भट्टराईलाई काम शुरु गर्न विराटनगरबाट दवाव पर्दै आएको छ । विराटनगर बिमानस्थल पछि डिपिआर भएको नेपालगंज बिमानस्थलको डिपिआर स्वकिृत भएर पनि बजेड बिनियोजन भईसकेको अबस्थामा विराटनगर विमानस्थलको डिपिआर अस्वीकृत भएपछि विराटनगरमा संघर्ष समिति बनाएर दवाव दिने काम भईरहेको छ। शनिवार मात्र विराटनगरमा संवाद समुहले गरेको संवादमा सरोकारवालाहरुले प्रदेश र संघ विच समन्वय नहुँला विराटनगर विमानस्थल ब्यवस्थापनमा समस्या भएको बताएका थिए । संघीइ मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय बनाउन आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत जनाएका थिए । उनले माग लिएर आउन संघर्ष समितलिाई अनुरोध समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्