साहित्यकार सीमालाई एभरेष्टको सम्मान

साहित्यकार सीमालाई एभरेष्टको सम्मान

विराटनगर। ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले युवा साहित्यकार सीमा आभासलाई सम्मान गरेको छ ।
विद्यालयको सभाहलमा आइतबार आयोजित कार्यक्रममा साहित्यकार आभासलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार गण्डकीपुत्र, विद्यालयका प्राचार्य एवं प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष टीकाराम पुरी, विद्यालयकी निर्देशक राधा ढकालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । युवा साहित्यकार आभासले नेपाली साहित्यमा पु¥याएको योगदानको कदरस्वरुप सम्मान गरिएको प्राचार्य पुरीले जानकारी दिए ।
त्यस्तै सोही अवसरमा आयोजित खुल्ला कविता प्रतियोगितामा कक्षा–१० का छात्र शान्तम बुढाथोकी प्रथम भए । ३८ जना प्रतिस्पर्धीलाई उछिन्दै ‘कविता तिमी यसरी आऊ’ शीर्षकको कविता वाचन गरेर बुढाथोकी प्रथम भएका हुन् । त्यस्तै ‘मेरो देश’ शीर्षकको कविता वाचन गरेर आँचल अधिकारी द्वितीय, ‘आमा’ शीर्षकको कविता वाचन गरेर जोस्ना श्रेष्ठ तृतीय र ‘नारी’ शीर्षकको कविता वाचन गरेर रचना भट्टराईले सान्त्वना स्थान प्राप्त गरे । कवि एवं पत्रकार मीनकुमार नवोदित, कवि माधव मुकुन्द र विद्यालयका शिक्षक खम्बसिंह नेपालको निर्णायक समितिले पुरस्कृतहरूको नामावली सार्वजनिक गरेको थियो ।
उनीहरूलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार १ हजार नगद पुरस्कारसहित ट्रर्फी र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा भ्वाइस प्रिन्सिपल टीएन भण्डारी, अतिरिक्त क्रियाकलापका संयोजक राजन भट्टराईलगायतले विद्यालयका गतिविधिका विषयमा जानकारी गराए । आगामी दिनमा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्राचार्य पुरीले बताए । प्रतियोगितामा कक्षा–८ देखि १० सम्मका ३८ जना विद्यार्थीले विभिन्न शीर्षकका कविता सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्