विराटनगर तर्फ ल्याउँदै गरेको अबैध कुखुरा सहित ८ जना भारतीय पक्राउ

<span class='c1'>विराटनगर तर्फ ल्याउँदै गरेको अबैध कुखुरा</span> <span class='c2'>सहित ८ जना भारतीय पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित हुलास मेटल छेउबाट प्रहरीले अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको कुखुरा सहित ८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको एक सय ४४ वटा बोईलर कुखुरा सहित ८ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारान्टाईन चेक पोष्ट विराटनगरमा पठाईएको छ । नियन्त्रणमा लिईएको कुखुराहरू मध्ये १०२ वटा कुखुरा मृत अवस्थाको फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला विहार स्लामपुर भारत बस्ने बर्ष २१ को मो. सेनदेन, बर्ष २२ को आजाद अली,बर्ष २२ को आजात अली, बर्ष २२ को मो. अजबुल, बर्ष १७ को मो. ईरफान, बर्ष १८ को मप. मुस्तक, बर्ष १८ को मग. डी मनु र बर्ष १८ को मो. मजेबुल रहेको जिल्ला प्रहरी कर्यालय मोरङका डिएसपी राजकुमार खिउजुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्