विराटनगरमा माछा काण्ड : डिएसपी श्रेष्ठले मागेको भनिएको एकलाख के हो ?(भिडियो रिर्पोट)

विराटनगरमा माछा काण्ड : डिएसपी श्रेष्ठले मागेको भनिएको एकलाख के हो ?(भिडियो रिर्पोट)

विराटनगर । शनिबार दिउँसो मध्य घाम थियो । भदौको मध्य दिनको तातो घाममा विराटनगर ९ स्थित कलेजरोडमा निक्कै ठुलो भिड थियो । माछा सडक भरी छरिको दृष्य अनि त्यही दृष्य मोवाईलमा कैद गर्नेहरुको भिड देखिन्थ्यो । विराटनगरका माछा व्यापारीले जोगवनीबाट विराटनगर ल्याउदै गरेको माछा प्रहरीले नियन्त्रणमा लिएर सडकमा फालिएको भन्दै माछा व्यापारी आक्रोशित थिए । प्रहरी विरुद्ध उनीहरु नारा बाजी समेत गर्दै थिए ।
भन्सार काटेर आएको माछा दुई ठाउँमा सशस्त्र प्रहरीले चेक गरेर छोडे पनि विराटनगर बसपार्क पुर्व कलेज रोडमा प्रहरीले रोकेर बिल देखाउन भन्यो । राजस्व तिरेको बिल देखाउँदा देखाउँदै प्रहरीले बिल नक्कली भएको भन्दै सडकमा माछा फ्याँकेको थियो ।
भन्सार राजस्व तिरेर माछा आयात गर्दा पनि विभिन्न ठाउँमा चेकजाँच गरेर प्रहरीले अनावश्यक दुःख दिने गरेको माछा व्यवसायीहरुले गुनासो छ । विराटनगर भन्सार कार्यालयमा साढे ३६ हजार राजस्व तिरेर माछा ल्याउँदै गर्दा प्रहरीले कलेज रोडमा रोकेर सडकभरि फ्याकिदिएको उनीहरुको भनाइ छ ।
साढे ३ लाखको ३५ क्यारेटमा माछा भन्सार तिरेर ल्याएको भएपनि प्रहरीले पैसामाग्दा नदिएपछि सडकभरी फालेको हो । विराटनगरका माछा व्यवसायी दिपेश सहनी , सीता सहनी र निलम सहनीले भन्सार काटेर माछा विराटनगर ल्याउदै गर्दा प्रहरीले नियन्त्रण लिएपछि केही तनाव उत्पन्न समेत भएको थियो । उनीहरुले डिएसपी घनश्याम श्रेष्ठले १ लाख मासिक मागेको तर नदिँदा दुख दिएर माछा फालेको आरोप लगाएका छन् ।
ल्याएको कारण डिएसपी जिल्ला प्रहरी कार्यालय मोरङ डिएसपी घनश्याम श्रेष्ठले वैध र अवैध रुपमा माछा भित्राएको बताए । व्यापारीहरुले ४ वटा क्यारेटको मात्रा वैध रुपमा भन्सार राजश्व तिरेको श्रेष्ठले बताए । ४ क्यारेट माछा अवैध रुपमा तस्करी गरेर ल्याएको र पक्राउ परेका माछाको पहिले नै जाँच भईसकेको विल देखाएर आँखा छल्ने काम गरेको डिएसपी श्रेष्ठ बताउँछन् ।
अवैध माछा नियन्त्रणमा लिएर भन्सार बुझाई सकेको डिएसपी श्रेष्ठले बताए । ‘पैसा मागेको आरोप झुट हो , डिएपसी श्रेष्ठले भने, यदि पैसा मागेको र मेरो नाम कसैले बेचेर पैसा आएको भेटिए तत्काल कारबाही गर्नेछु ।’

https://www.facebook.com/ourbrt/videos/513822722764425/?v=513822722764425

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्