हिसिला यमी मोटरसाइकल दुर्घटनामा घाइतेभएपछि अस्पताल भर्ना

हिसिला यमी मोटरसाइकल दुर्घटनामा घाइतेभएपछि अस्पताल भर्ना

काठमाडौं । समाजवादी पार्टी नेपालकी नेता हिसिला यमी मोटरसाइकल दुर्घटनामा घाइते भएकी छिन् । आइतबार साँझ उनी चढेको मोटरसाइकल ललितपुरमा दुर्घटना हुँदा घाइते भएकी हुन् ।

यमी मोटरसाइकलको पछाडि थिइन् । घाइते यमीलाई उपचारका लागि बी एन्ड बी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकको निगरानीमा २४ घन्टाका लागि राखिने भएको छ । यमीको अवस्था खतरामुक्त रहेपनि हड्डीमा चोट लागेको हुनसक्ने भन्दै चेकजाँचकालागि राखिएको बताइएको छ ।

यमीलाई भेट्न साँझ नै समाजवादी पार्टीका नेताहरु अस्पताल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्