मोरङका प्रमुख जिल्ला अधिकारीलाई मोरङ ब्यापार संघको स्वागत

मोरङका प्रमुख जिल्ला अधिकारीलाई मोरङ ब्यापार संघको स्वागत

विराटनगर । भर्खरै मोरङमा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारीलगायतलाई मोरङ व्यापार संघले स्वागत तथा सम्मान गरेको छ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले मोरङमा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सहायक प्रमुख जिल्ला अधिकारीद्वय सुरेश सुनार र अनुज भण्डारीलाई स्वागत तथा सम्मान गरे ।
यस्तै प्रदेश १ का नायब प्रहरी महानिरिक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी नायब महानिरिक्षक नगेन्द्रबहादुर थापा, मोरङ प्रहरी प्रमुख विश्व अधिकारीलाई पनि सम्मान तथा स्वागत गरिएको थियो । कार्यक्रममा अध्यक्ष मुन्दडाले अहिले विराटनगरको व्यापारको अवस्था दयनीय रहेको बताए । उनले खुल्ला सिमानाका कारण विराटनगर बजार ठप्प भएको बताउँदै नाकामा कडाइ गर्न आग्रह गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुजेलले कालोबजारी, चोरीपैठारी नियन्त्रणमा सक्रिय भएर लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्