मौसम अपडेट : आगामी तीन दिन आकस्मिक बाढीको खतरा

मौसम अपडेट : आगामी तीन दिन आकस्मिक बाढीको खतरा

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका केही स्थानहरुमा तथा पश्चिमका थोरै स्थानमा मेघ गर्जन सहित चट्यांङ तथा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । आज राति पनि देशभरी सामान्य बदली रही पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने जनाइएको छ ।

आगामी बुधबार सम्म नै मौसम आंशिक र सामान्य बदलीको अवस्था हुने पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाले आगाी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन र चटयांङ पर्न सक्ने तथा पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आगामी तीन दिन सम्म कन्काई, कोशी, कमला, बाग्मति र नारायणीमा वहाव बढ्ने तर सतर्कता तह भन्दा तलै हुने जनाइएको छ ।भोलि बेलुकादेखि प्रदेश १ र २को तराई तथा चुरेबाट बहने ससाना नदीमा बहाव बढ्ने तथा पर्सि इलाम, झापा, मोरङ्ग, सुनसरी भइ बहने साना नदीमा आकस्मिक वहावको सम्भावना रहेकोले तटिय क्षेत्रमा सामान्य सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्