बिराटनगरका व्यवसायी अग्रवालको जन्म दिनमा लायन्स र लियो युनिकद्वारा ब्याग बितरण

बिराटनगरका व्यवसायी अग्रवालको जन्म दिनमा लायन्स र लियो युनिकद्वारा ब्याग बितरण

बिराटनगर भदौ २४ ,

बिराटनगर- १२ मा स्थित जनता बाल कल्याण माध्यमिक बिद्यालयमा  लायन्स र लियो क्लब अफ बिराटनगर युनिकद्वारा ९७ जनालाई खाजा खावाउने  र ब्याग बितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा लायन्स जिल्ला ३२५ ए १ का पास्ट गभर्नर  लिला कुमार ढुङेल , फस्ट भाइस गोभरनर टंक श्रेष्ठ , नितम चौहान, बिनोद कुमार राउत , लक्ष्मण घिमिरे, पेरिस सुवेदी, इमा ओझा लगाएत अन्य लायन्स सदस्य र अन्य सदस्यहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरुका लागि आँप , लिच्ची, अम्बा, अनार लगाएत अन्य फलफुलको बिरुवाहरु पनि रोपिएको थियो।

बिराटनगरका व्यवसायी प्रविन अग्रवालको जन्म दिनको अवसरमा उक्त कार्यक्रम आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्