विराटनगरमा ४ हजार छाडा कुकुर, नियन्त्रण गर्न बन्ध्याकरण

<span class='c1'>विराटनगरमा ४ हजार छाडा</span> <span class='c2'>कुकुर, नियन्त्रण गर्न बन्ध्याकरण</span>

विराटनगर  । विराटनगर महानगरपालिका क्षेत्रभित्र करिब ४ हजार सामुदायिक कुकुर रहेको हालै गरिएको एक गणनाले देखाएको छ । पशु अधिकारका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टले एक साताअघि विराटनगरका सबै वडामा पुगेर सामुदायिक कुुकुरको संख्या गणना गरेको थियो ।

पोखरामा मुख्य कार्यालय रहेको सो संस्थाले विराटनगर महानगरपालिकाको समन्वयमा एक हप्ता लगाएर जीपीएस लोकेसनका आधारमा मोवाइल एप्लीकेशनमार्फत प्रत्यक्षरुपमा कुकुरको गणना गरिएको जनाएको छ ।

सो संस्थाका निर्देशक खगेश्वर शर्मा भट्टराईले विराटनगर महानगरपालिका क्षेत्रमा प्रत्यक्ष रुपमा २ हजार ४८ वटा कुकुरको फोटो खिचिएको र गणनाका क्रममा नभेटिएका वा हराएकाको औसत संख्या गरि ३ हजार ८ सय ९१ बटा सामुदायिक कुकुर रहेको बताएका छन् ।

प्रत्यक्ष फोटो खिचिएकाको आधारमा ५५ प्रतिशत भाले र ४५ प्रतिशत पोथी जातका कुुकुर रहेको अनुमान सो संस्थाले गरेको छ । विराटनगरमा सबैभन्दा बढी कुकुर वडा नं ४ मा रहेको पाइएको छ ।

कुकुर गणनामा संलग्न प्राविधिकहरुका अनुसार सो वडामा प्रत्यक्ष फोटो खिचिएका कुकुरको संख्या २ सय ५७ रहेको छ । हराएका र छुटेकाको अनुमानित संख्या गरि सो वडामा ४ सय ८८ वटा कुकुर रहेको अनुमान छ ।

विराटनगरका वडा नं २, ३, ११, १२, १३, १४, १५ र १९ मा धेरै कुुकुर गणना गरिएको बताइएको छ । प्रत्यक्ष गणना गरिएका कुकुरहरुमा छालाको रोग , खुट्टामा चोट लागेर घाइते भएका पाइएको छ । नगरमा सामुदायिक कुकुरहरुको संख्या बढदै जाँदा मानिस र पशुपक्षीलाई टोक्ने र कतिपय कुकुरको टोकाइबाट रेविज समेत हुने भएकाले त्यस्ता कुकुरको व्यवस्थापनमा निकै कठिनाई भएको महानगरपालिकाले जनाएको छ ।

विगतमा सामुदायिक कुकुरलाइ विभिन्न तरिकाले मार्ने गरिएपनि पछिल्लो समयमा पशु अधिकारका विषयमा कानुन नै बनेपछि कुकुर मार्न पाइदैन । त्यसैले त्यस्ता कुकुरको संख्या घटाउन बन्ध्याकरण गर्नु नै उपयुक्त हुने विज्ञहरुको सुझाव छ ।

महानगरपालिकाका भेटनरी शाखा प्रमुख हिरालाल यादवले चाँडै नै सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्ने बताए । उनले भने महानगर र प्रदेश सरकारसँगको सहकार्यमा सामुदायिक कुकुर नियन्त्रण अभियान सञ्चालन गर्ने तयारी भएको जानकारी दिए ।

कुकुरको बन्ध्याकरण र रेवीजको खोप लगाउने विषयमा हिमालयन एनिमल रेस्क्यु ट्रष्टसँग छलफल गरि सहकार्य गर्न सकिने उनको भनाइ छ । उहाँहरुले विराटनगरका सामुदायिक कुकुरहरुको गणना गरेर जानु भएको छ, विस्तृत प्रतिवेदन आएपछि हामी त्यसबारे छलफल गर्छौ यादवले भने ।

हिमालयन ट्रष्टका निर्देशक भट्टराईले महानगरसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए । सो संस्थाले सुनसरीको धरानमा ४ बर्षदेखि नियमित रुपमा सामुदायिक कुकुरको बन्ध्याकरणको काम गरिहेको जनाएको छ । त्यस्तै कास्की, चितवन र झापाका विभिन्न स्थानीय तहमा पनि सामुदायिक कुुकुर व्यवस्थापनको काम सँगसँगै रेवीज उन्मूलनबारे जनचेतनामूलक काम गर्दै आएको निर्देशक भट्टराईले बताए । त्यसैगरी छाडा चौपायाको उद्धार, उपचार, यातनाको विरोध लगायतका काम पनि गर्दै आएको सो संस्थाले जनाएको छ । उद्घोष दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्