सडक विस्तारमा रंगेलीवासीको मुआब्जा र क्षतीपुर्तिको माग, अन्यथा आन्दोलन गर्ने चेतावनी

सडक विस्तारमा रंगेलीवासीको मुआब्जा र क्षतीपुर्तिको माग, अन्यथा आन्दोलन गर्ने चेतावनी

विराटनगर । जग्गा र भौतिक संरचनाको मुआब्जा तथा क्षतिपूर्ति दिएर मात्रै सडक विस्तार गर्न मोरङका रंगेलीवासीहरुले माग गरेका छन् ।
स्थानीयको स्वीकृत बिना सडक विस्तार कार्य थाल्दा हुलाकी राजमार्ग अन्तर्गत पर्ने रंगेली बजारका २ सय ५० घर विस्थापित हुन पुगेपछि उनीहरुले यस्तो माग गरेका हुन । विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी रंगेलीवासीले सो माग गरेका हुन् ।
नागरिक समाजका रामनारायण मण्डलले स्थानीयवासी विकास विरोधी नभएको बताउँदै विकासका नाममा स्थानीयलाई विस्थापित नगर्न आग्रह गरे । निजी सम्पत्ति अधिकरण गर्दा मुआब्जा र क्षतिपूर्ति दिनुपर्ने संविधानमै उल्लेख भएकोले बलजफ्ती घर भत्काए प्रतिकार गर्ने उनको चेतावनी छ ।
२० परिवार पूर्ण रुपमा विस्थापित हुने बताउँदै स्थानीय मंगलचन्द अग्रवालले जनतालाई विस्थापित गर्ने गरी हुने विकासको अर्थ नभएको वताए बताए । कम्तीमा सरकारले मुआब्जा दिए पीडितहरुले अन्यत्र जग्गा किनेर बसोबास गर्ने बताउदै अग्रवाल ५–७ धुर हुनेहरु पूर्ण रुपमा विस्थापित हुने बताए ।
विगतमा ६५ फिट दिने सहमति भएको थियो तर, स्थानीयको भावना विपरित सरकारले १४० फिटको सडक बनाउने भएपछि स्थानीय आन्दोलित भएका हुन् । उनीहरुले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत पत्रकार सम्मेलन गरेको बताए ।
माग सुनुवाई नभए सडक आन्दोलनमा समेत उत्रिने तयार रहेको माधव गौतमले चेतावनी दिए । मेयर दिलीप बगडियाले समेत मुआब्जा दिलाउन पहल नगरेको उनको गुनासो छ । मेयरले समन्वयकारी भूमिका निर्वाह नगरेको स्थानीयले आरोप जगाए । आमतोलादेखि मधुवनी स्कुलसम्मको रंगेली ३, ४, ६, ७ र ८ नम्बर वडाअन्तर्गत ४ दशमलव ९ किलोमिटरका २५० घर प्रभावित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्