धार्मिक दङ्गा भड्किने अभिव्यक्ति नदिन कमल थापाको चेतावनी

धार्मिक दङ्गा भड्किने अभिव्यक्ति नदिन कमल थापाको चेतावनी

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सार्वजनिकरुपमा धार्मिक दङ्गा भड्किने खालका अभिव्यक्ति नदिन अन्य राजनीतिक दलका नेताहरूलाई चेतावनी दिएका छन् ।

राप्रपाको प्रशिक्षण विभागद्वारा आज हेटौँडामा आयोजित “प्रशिक्षक–प्रशिक्षण कार्यक्रम” को उद्घाटन गर्दै उनले मुलुकमा स्थायी शान्ति र प्रजातन्त्रको सुदृढीकरणका लागि भएपनि यस्ता अभिव्यक्ति नदिन राजनीतिक नेतृत्वलाई सुझाव दिएका हुन् ।अध्यक्ष थापाले मुलुकमा ९१ प्रतिशत हिन्दूधर्मावली रहेकाले उनीहरुको धार्मिक स्वतन्त्रतामाथि कुनै पनि दलको नेतृत्वले निषेध गर्न नहुने बताउँदै नेपाललाई सनातन हिन्दूराष्ट्रका रुपमा राख्न पार्टीले आन्दोलन गर्ने उद्घोष गरे ।

उनले सत्तारुढ नेकपाको सरकारले आफ्नो दम्भ र महत्वाकाङ्क्षीलाई त्यागेर जनतालाई विकास, पूर्वाधार र आर्थिक समृद्धितर्फ जोड्ने कार्यलाई केन्द्रबिन्दुका रुपमा राख्नुपर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष थापाले राप्रपा वैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा अघि बढाउन राप्रपाले सातवटै प्रदेशमा पार्टीको सङ्गठन विस्तार गर्ने उल्लेख गर्दै पार्टीको सौद्धान्तिक पक्षलाई लिएर जनताको घरदैलोमा पुग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्