ओली र मोदीले पेट्रोलियम पाइपलाइनको संयुक्त रुपमा उद्घाटन

ओली र मोदीले पेट्रोलियम पाइपलाइनको संयुक्त रुपमा उद्घाटन

भउचप्रसाद यादव, 

काठमाडौँ, भदौ २४ गते । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र भारतका प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको समुद्घाटन गर्नुभयो ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको ट्वीट यस्तो छ...

मुलुककै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसँगै वार्षिक करिब ५० करोड रुपियाँ ढुवानी खर्च बचत हुने नेपाल आयल निगमले जनाएको छ । भारतबाट आयात गरिने ७० प्रतिशत इन्धन रक्सौल–अमलेखगन्ज हुँदै नेपाल भित्रिने गर्छ । अहिले निगमले प्रतिलिटर दुई रुपियाँ पचास पैसा ट्याङ्करलाई भाडास्वरूप तिर्दै आएको छ । मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित निगमको क्षेत्रीय डिपोसम्मको ३६.२८ किलोमिटरको दूरीमा पाइपलाइन बिछ्याइएको हो ।

यस अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नु भएको ट्वीट यस्तो छ...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्