सम्राट होटलको सेटिङमा, रातभरी तास खेल्ने १० जना जुवाडे प्रहरीको नियन्त्रणमा

सम्राट होटलको सेटिङमा, रातभरी तास खेल्ने १० जना जुवाडे प्रहरीको नियन्त्रणमा

विराटनगर, २४ भदौ । रातभरी बजारमा रहेका होटलमा खाल नै बनाएर तास खेलाउने र खेल्नेलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले उलाबारीबाट सोमबार राति १२ बजे १० जनालाई पक्राउ गरेको छ ।
उर्लाबारी नगरपालिका–५ मा रहेको सम्राट होटलबाट प्रहरीले एकै पटक सबै जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर सुभाष राईले बताए । उनका अनुसार पक्राउ पर्नेमा होटलका कर्मचारी मोहन कटुवाल, पथरीशनिश्चरेका आकाश थापा, नगेन्द्र लिम्बू, उर्लाबारीका सन्तोष राई, कृष्ण अधिकारी, दिनेश थापा, सञ्जीव गिरी, जाइतो चेम्जोङ, असोक राई र विकास राई छन् ।
तासको खालमा नभेटिएका कारण होटलका सञ्चालकलाई भने पक्राउ नगरिएको राईले बताए । उनले पक्राउ परेका सबै जना विरुद्ध जुवा ऐन अन्तर्गतको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बताए । पक्राउ परेकाहरुको साथबाट तीन लाख ३७ हजार रुपैयाँ नगद र पाँच बुक तास फेला परेको उनको भनाइ छ ।
राति १२ बजे होहल्ला र झैझगडा भइरहेको छ भन्ने सूचना आएपछि इन्सपेक्टर राईको नेत्रृत्वमा टोली होटलमा छापा हान्न पुगेको थियो । छापा हान्ने क्रममा तास खेलिरहेको भेटिएपछि १० जनालाई पक्राउ गरिएको राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्