अहिलेको सरकार मुलुकलाई कम्युनिष्ट ‘स्टेट’ बनाउने ध्याउन्नमा

अहिलेको सरकार मुलुकलाई कम्युनिष्ट ‘स्टेट’ बनाउने ध्याउन्नमा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार मुलुकलाई कम्युनिष्ट ‘स्टेट’ बनाउने ध्याउन्नमा लागेको आरोप लगाएका छन् ।
कम्युनिष्ट ‘स्टेट’ बनाउन सरकार लागि परेको भन्दै उनले त्यसमा कांग्रेसको आपत्ति रहेको जनाए । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकार मुलुकमा कम्युनिष्ट शासन लाद्ने प्रयत्नमा रहेको जिकिर गरे ।
‘सरकार आएदेखि मुलुकमा सबै कुरा लथालिंग हुँदै गइरहेका छन्,’ उनले भने, ‘प्रजातन्त्रको मूल्यमान्यतामाथि हस्तक्षेप भइरहेको छ ।’
सरकारले गर्ने गलत काम कांग्रेसलाई मान्य नहुने देउवाको भनाइ छ । विधीको शासन नहुँदा वर्तमान सरकार भ्रष्टाचारलाई बढाउने गतिविधीमा लागेको, सञ्चार क्षेत्रमाथि हस्तक्षेप गरेको तथा मानवअधिकार जस्ता संवेदनशील विषयमा गम्भीर नभएको आरोप लगाए ।
सञ्चार क्षेत्रमाथिको हस्तक्षेपसँगै लोकतन्त्र खतरामा रहेको बताउँदै सभापति देउवाले प्रेसलाई अंकुशता लगाएर संकुचन गर्ने प्रवृत्ति र त्यस्ता कानुनको कांग्रेसले सधैं विरोध गरिरहने बताए । प्रेसमाथि अंकुश लगाउँदा लोकतन्त्रमाथि खतरा रहेको कुरा सबैले बुझ्न जरुरी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्