ओवी समाचार प्रभाव : विराटनगरको जेसी स्कुल अगाडि लत्रिएको तार हट्यो

ओवी समाचार प्रभाव : विराटनगरको जेसी स्कुल अगाडि लत्रिएको तार हट्यो

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १३ मा रहेको जेसी बालसदन अगाडि लत्रिएका तारहरु ब्यवस्थित गर्ने काम शुरु भएको छ । आवर विराटनगरले गत भदौ ११ गते ठेकेदारको लापरवाहीका कारण बिद्यालयको मुल गेटमा नै ताल लत्रिएको बारेमा रिपोर्ट सहितको समाचार प्रकाशन गरेको थियो ।
अव्यवस्थित तारले गर्दा विद्यार्थीलाई स्कुल प्रवेश गर्न निकै समस्या भएको थियो । विद्यार्थी मात्र हैन स्कुलका शिक्षिक, कर्मचारी र स्कुलका बसहरुलाई पनि प्रवेश गर्न निकै समस्या पर्दै आएको थियो । लत्रिएको तारमा धेरै विद्यार्थीहरु लडेर घाईते समेत भएका थिए ।
प्रकाशित समाचार पछि नेपाल विद्युत प्राधिकरण, ६ लेन सडक आयोजना लगायत सम्बन्धित निकालयले लत्रिएको तार ब्यवस्थित गरेको हो .। जोगवनी रानी सडक खण्डमा विजुलीका तार र पोलहरु फेर्ने काम भईरहेको छ । त्यही फेर्ने क्रममा ठेक्का लिएको रमण कन्ष्ट्रक्सनले तारहरु मनपरी अवस्थामा छाडेको थियो ।

https://www.facebook.com/ourbrt/videos/481424202639375/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्