सन लाईफ ईन्स्योरेन्सद्वारा एकैदिन विराटनगरका ५० जनालाई सम्मान

सन लाईफ ईन्स्योरेन्सद्वारा एकैदिन विराटनगरका ५० जनालाई सम्मान

विराटनगर । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताका लागि उत्प्रेरणा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी ईन्स्योरेन्सले ५० जना अभिकर्तालाई सम्मान गरेको हो ।
ईन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतमले अभिकर्ता सँगै क्लब मेम्बर र मार्केटिङ म्यानेजरलाई समेत सम्मान गरे । विराटनगर शाखा अन्तरगत रहेका रंगेली, रानी र दुहबी उपशाखा अन्तरगतका ति ब्यक्तिहरुलाई सम्मान गरिएको विराटनगर शाखाका प्रमुख बेदकुमार खत्रीले जानकारी दिए ।
विराटनगरका विष्णुकुमार साह ईन्स्योरेन्समा सन नेपाल लाईफ ईन्स्योरेन्सको उत्कृष्ठ पाँचौमा परेका छन् । उनलाई सोही आवसरमा सर्बोत्कृष्टको पुरस्कार सहित सम्मानित गरिएको छ । त्यस्तै उत्कृष्ठ हुनेहरुमा हरिप्रसाद बजगाई, त्यस्तै उत्कृष्ठ अभिकताएको नेतृत्व गर्ने राधे कामतलाई पनि सम्मनित गरिएको छ ।
ईन्स्योरेन्सका महाप्रबन्धक गौतमले बजारमा देखिएको विमा सम्बन्धिको बिकृतीको अन्त्य गर्दै आम नागरिकको घर घरमा विमाको साक्षरता अभियान पुर्याउनु पर्ने बताए ।
त्यस्तै ईन्स्योरेन्सका सह महाप्रबन्धक तुल्सीनाथ पौडेलले बिमा जागरण अभियानमा संचालन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्