विराटनगरमा यमाहाको ‘महामेला’ सुरु, १ लाख सम्म छुट

विराटनगरमा यमाहाको ‘महामेला’ सुरु, १ लाख सम्म छुट

विराटनगर  । विराटनगरमा यमाहाको महामेला सुरु भएको छ । दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी यमाहा माेटरसाइककाे ‘महामेला सुरु गरेको हो । विराटनगरको   जैन भवनमा सोमबारबाट सुरु मेला बिहीबारसम्म सञ्चालन हुनेछ ।

चार दिनसम्म सञ्चालन हुने मेलामा एक्सचेन्ज अफरसहित विभिन्न योजना समावेश गरिएको यमाहाको विराटनगर विक्रेता तिरुपति अटो प्यालेसका सञ्चालक आकाश पराजुलीले जानकारी दिए । मेलामा २ लाख रुपैयाँदेखि ४ लाख ५० हजार रुपैयाँसम्मका मोटरसाइकल तथा स्कुटर राखिएको  छ ।

मेलामा पुराना बाइकसँग नयाँ बाइक एक्सचेञ्जसँगै इन्सुरेन्स, फाइनान्स,  १ लाख सम्म छुट सहितकाे अफरहरू राखिएकाे छ । मेलामा यमाहा एमटी १५, एभेनजर भर्जन ३ लगायत अन्य डिजाइनका मोटरसाइकलहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्