जहदास्थित शैलजा आचार्य पोलिटेक्निकमा मापदण्ड अनुसार तलब नपाएको भन्दै आन्दोलन

जहदास्थित शैलजा आचार्य पोलिटेक्निकमा मापदण्ड अनुसार तलब नपाएको भन्दै आन्दोलन

विराटनगर  । मोरङको जहदा गाउँपालिकास्थित शैलजा आचार्य पोलिटेक्निकमा कार्यरत कर्मचारी र प्रशिक्षकहरू आन्दोलित भएका छन् । सरकारले निर्धारण गरेको सेवासुविधा पाउनुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन् । सञ्चालक समितिलाई पटकपटक सरकारी नियम अनुसारको तलब सुविधा उपलब्ध गराउन माग गर्दै आए पनि सुनुवाइ नभएपछि आन्दोलनमा जानुपरेको नर्सिङ संयोजक शशीकला तिवारीले बताइन् । आफ्नो माग लिएर जाँदा सञ्चालक समितिका पदाधिकारीले ‘कामबाट निकालिदिने’ भनेर धम्क्याउने गरेको तिवारीको गुनासो छ । अधिकांशलाई मौखिक र कतिपयलाई प्रत्येक वर्ष १ वर्षको नियुक्ति दिएर काममा लगाउने गरिएको आन्दोलनरत पक्षले बताएको छ । पोलिटेक्निकमा कार्यरत केही कर्मचारीले भने दोहोरो सुविधा लिइरहेको उनीहरूको आरोप छ ।

उक्त पोलिटेक्निकमा १५ वर्षभन्दा बढी समयदेखि काम गर्दै आएकी सुनीता राउतले यस वर्ष नियुक्तिपत्र नै नदिइएको र सेवासुविधाका विषयमा जानकारी माग्दा समेत सञ्चालक समितिले दिन नमानेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्