चपली हाइट ३ चलचित्र बन्ने , यस्ता छन् कलाकार !

चपली हाइट ३ चलचित्र बन्ने , यस्ता छन् कलाकार !

निर्माता अर्जुन कुमारले ‘चपली हाइट–३’ निर्माणको औपचारिक घोषणा गरेका छन् । मंगलबार प्रेसमिट गर्दै निर्माता कुमारले चपली हाइट ३ निर्माण बारे विस्तृतमा जानकारी दिए ।

एडल्ट प्रस्तुतीका कारण चर्चित रहेको चपली हाइटको तेश्रो सिक्वेललाई निकेश खड्काले निर्देशन गर्नेछन् । अर्जुन कुमारले नै बनाएको फाटेको जुत्ताबाट निकेशले फिल्म निर्देशनको सुरुवात गरेका थिए । यसअघिका दुई सिक्वेलको लेखन तथा निर्देशन दिपेन्द्र के.खनालले गरेका थिए ।

अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रुपमा निर्माण गर्ने फिल्मबाट फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहनेछ भने अर्की नायिकामा फिल्म ‘रणवीर’ बाट अभिनयमा राम्रो सम्भावना देखाएकी सुपुष्पा भट्टलाई फाइनल गरिएको छ ।

फिल्म चैतमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको निर्माता अर्जुनकुमारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्