बालबालिका किन स्कुल जान मान्दैनन ? किन हुन्छ स्कुलफोबिया ?

<span class='c1'>बालबालिका किन स्कुल जान मान्दैनन ?</span> <span class='c2'> किन हुन्छ स्कुलफोबिया ?</span>

ललितकुमार मिश्र

स्कुलको डरले बच्चा स्कुल जान मान्दैनन्। कुनै बच्चा यस्ता पनि हुन्छन् जो स्कुल जान उत्साहित हुन्छन्। तर केही बच्चा यस्ता हुन्छन् जसलाई हप्काएर वा धम्क्याएर या पिटपाट गरेर पनि स्कुल पठाइन्छ।

उनीहरूलाई विस्तारै स्कूल कल जाने बानी परेपछि नियमित स्कुल जाने आउने गर्न थाल्छन्। तर, कुनै विद्यार्थीमाथि यस्ता घटना पनि घटेको हुन्छ जसले गर्दा उनीहरू स्कुल जान मान्दैनन्। स्कुलको नाम सुन्ने बित्तिक्कै उनीहरू डराउँछन्। घरबाट बाहिर निस्कन पनि त्यति मन गर्दैनन्। ममताको छोरा समीर (नाम परिवर्तन) स्कुल जाने बेला रुने, कराउने र लडीबुडी गर्ने गर्न थाल्छन्। आमाबाबुले पिटपाट गरेर छोरालाई स्कुल छोडेर आउँछन्। तर, छोरो केही बेरमै घर आइपुग्छ। छोराको यस व्यवहारले गर्दा उसका आमा बाबु चिन्तित छन्। छोरालाई स्कुल के गरी पठाउने भन्ने उनीहरूलाई चिन्ता छ।

कतै तपाईंको छोराछोरी पनि यस्तै व्यवहार त गर्दैनन् ?

यो स्कुल फोबियाको लक्षण पनि हुन सक्छ। यस्तो किसिमको व्यवहार त्यतिबेला देखिन्छ, जतिबेला तपाईंको बच्चा बढी नर्भस हुन्छ। फोबिया चिन्ता या घबराहटको कारण पनि बन्न सक्छ। ५, ७ वर्षको उमेरमा बच्चा विद्यालय जान थालेपछि उनीहरूमा विद्यालय जान मन नलाग्ने (विद्यालय फोबिया) खालको लक्षण देखिनु सामान्य कुरा हो।

किशोरावस्थाका केटाकेटीहरूमा पनि यो समस्या हुन सक्छ। त्यसैगरी कहिलेकाहीँ बिरामी भएर स्कुलमा अनुपस्थित हुने बानी परेपछि विद्यालय फोबिया सुरु हुन सक्छ। तर, डरले स्कुल नजानु वा डराउनु बच्चा तथा उसको आमाबाबुको लागि तनावको कुरा हुन सक्छ। यो समस्याको समाधान परामर्श नै हो। तर, यदि समयमै यसको उपचार गराइएन भने पछि गएर यो समस्या डिप्रेसन (अवसाद) को कारण बन्न सक्छ।

कारण

बच्चालाई विद्यालय जान मन नलाग्ने वा डिप्रेसनमा जाने विभिन्न कारणहरू हुन सक्छन्। जस्तै तपाईंको बच्चा तपाईंसँग छुट्टिन नचाहनु। एकैछिन पनि आमाबाबुबाट अलग हुनबाट ऊ डराउँछ। यसलाई पृथकीकरण चिन्ता भनिन्छ।

अर्को कारण बच्चाको घर र स्कुलसँग सम्बन्धित हुन सक्छ। जस्तै,

कारण

१. परिवारको कुनै सदस्य बिरामी हुनु या कुनै दुर्घटनामा मृत्यु हुनु।

२. आमाबाबुबीच सम्बन्धविच्छेद हुनु।

३. बसाइसराइ भइरहनु।

४. पढ्नमा मन नलाग्नु।

५. आईक्यूको समस्या हुनु।

६. अनुशासनमा बस्न मन नपर्नु।

स्कुलका कारण

१. शिक्षक या अन्य विद्यार्थीसँग डराउनु

२. स्कुल जाने समयमा तपाईंको बच्चा रुन सक्छ।

३. स्कुलमा छोड्दा स्कुलबाट भागेर पुन : घर आउन सक्छ।

अन्य संकेतहरू

१. स्कुल जान बाध्य गरेमा पसिना आउनु

२. टाउको दुख्नु

३. रिगंटा लाग्नु

४. मुटुको ढुकढुकी बढ्नु

५. बान्ता आउनु

६. पखाला लाग्नु आदि।

यसले बच्चाको सामान्य गतिविधिलाई पनि प्रभावित पार्न सक्छ। स्कुलको बारेमा सोच्दा ऊ दुखी हुनु सक्छ। यसले गर्दा काम या खेलकुदमा ध्यान दिन असमर्थ हुसक्छ।

उपचार  :

१. यो कुनै मानसिक रोग होइन।

२. कुनै मनोविद्को सल्लाहले निको हुन सक्छ।

३. यस रोगमा सफलतापूर्वक प्रयोग हुने केही होमियोप्याथिक औषधिहरू निम्न लिखित छन्  :

बेरायटा कार्ब, बिस्मथ , कल्केरिया कार्ब, कल्केरियाफोस, टियुबर कुलिनम, पल्साटिला आदि।

रोगीको मानसिक भावनात्मक, आध्यात्मिक र शारीरिक स्तरमा आन्तरिक सन्तुलन कायम गर्न समष्टिगत रूपमा अध्ययन गरी औषधिको प्रयोग गरिन्छ।

-अन्नपुर्ण अंकुर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्