विराटनगरमा एनआईसी एशिया बैंकको एकै चोटी तीनवटा शाखा विस्तार

विराटनगरमा एनआईसी एशिया बैंकको एकै चोटी तीनवटा शाखा विस्तार

विराटनगर । एनआईसी एसिया बैंकले विराटनगरमा एकचोटी ३ वटा शाखा विस्तार गरेको छ । बैंकले बुधबार विराटनगरको मेनरोड, रोडशेषचोक र हाटखोलामा नयाँ थप तीवटा शाखा विस्तार गरेको हो ।
हाटखोलामा रहेको शाखाको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उदघाटन गरेका थिए भने, मेनरोड र रोडशेषचोक शाखाको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे । एनआईसी एशिया बैंकको विराटनगरमा ६ शाखा पुगेको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर नगरक्षेत्रमा थप शाखाहरु संचालनमा ल्याइएको एनआईसी एशिया बैंकका प्रदेश प्रमुख दीपक थापाले बताए ।
बैंकको मुलुकभर २ सय ९८ शाखा,३ सय ५४ वटा एटिएम र ५८ वटा एक्सटेन्सन काउन्टर तथा ४१ वटा शाखारहित कार्यालयहरुबाट बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्