विराटनगर महानगरद्वारा छोरी जन्माउने ४३ दम्पतिलाई प्रोत्साहन रकम बितरण

विराटनगर महानगरद्वारा छोरी जन्माउने ४३ दम्पतिलाई प्रोत्साहन रकम बितरण

बिराटनगर । बिराटनगर महानगरपालिकाले प्रथम छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप रकम वितरण गरेको छ । गर्भमा छोरी रहेको थाहा हुनासाथ भ्रुणहत्या हुने क्रममा वृद्धि हुन थालेपछि छोरी वचाउ अभियान अन्तरगत महानगरले यो अभियान थालनी गरेको हो । महानगरले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोश्रो सन्तान छोरी जन्माउने ३६ जना परिवारलाई २५ हजार बैंकको अक्षकोषमा जम्मा गरिदिएको छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०७५—०७६ को वार्षिक वजेट नीति तथा कार्यक्रममा प्रोत्साहन रकम दिने निर्णय भएको थियो । आमालाई संरक्षण छोरीलाई उच्च शिक्षाका लागि नारीलाई सक्षम बनाउन यो अभियान थालिएको उपमेयर ईन्दिरा कार्कीले बताईन् ।
महागरपालिकाले प्रदान गरेको प्रोत्साहन रकम भत्ता लिनका लागि आमाको उमेर २० वर्ष पूरा हुनुपर्ने, गर्भको बेला कम्तीमा तीन पटक स्वास्थ्य जाँच अनिवार्य गरेको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्