भारतसँगको खुला सीमा बन्द गरौं : पम्फा भुसाल

भारतसँगको खुला सीमा बन्द गरौं : पम्फा भुसाल

काठमाडौं । सत्तासीन नेकपाकी सांसद पम्फा भुसालले भारतसँगको खुला सीमा बन्द गरी आवतजावतलाई व्यवस्थित गर्नुपर्ने बताएकी छन्। वैवाहिक अंगिकृतलाई कति वर्षमा नागरिकता दिने भन्ने छलफल गरिरहेको प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा भुसालले खुला सीमा समस्याबारे धारणा राखेकी हुन्।

तर, कांग्रेसका देवेन्द्रराज कँणेलले भने भुसालको प्रस्तावको ठाडै विरोध गरे। सांसद भुसालले अहिले नै भिसाको व्यवस्था गर्ने अवस्था नभएको भन्दै सीमा बन्द गरी परिचय पत्रका आधारमा मात्र आवागमन गर्नुपर्ने बताइन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाइरहेको तर्क गर्दै भुसालले सीमामा नेपाली सेना राख्नुपर्ने सुझाव दिइन्। ‘खुला सीमा बन्द गर्नुपर्छ’, भुसालले भनिन्, ‘अहिले नै भिसाको व्यवस्था गर्न गाह्रो हुन सक्छ,। त्यसैले सामान्य परिचयपत्र देखाएर आवतजावतलाई सहज बनाऔं।’

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले हरेक वर्ष सीमा स्तम्भ सार्ने गरेको भन्दै भुसालले सीमा क्षेत्र नजिक नेपाली सेनालाई राख्नुपर्ने प्रस्ताव गरेकी छन्। सीमामा अपराध बढेको छ भन्दैमा सीमा सिल गर्ने नाममा दुई देशको सम्बन्ध बिगार्न नहुने कँणेलले बताए। ‘भारतले सा¥यो भन्दैमा सीमा बन्द गर्नुपर्छ भन्ने पक्षमा म छैन’, कँणेलले भने, ‘यसले सम्बन्ध झन् बिग्रिन्छ। यसो गर्नु भन्दा कूटनीतिक पहल नै महŒवपूर्ण हुन्छ।’

खुला सीमा बन्द गराउनु खोज्नु त्यहाँका बासिन्दालाई आन्दोलनमा जान बाध्य पार्नु भएको उनले तर्क गरे। भारतमा अपराध गरेकाहरू नेपालको भूगोलमा आएर लुकिरहेको बताउँदै उनले यसलाई नियमन गरिनुपर्ने बताए। ‘अपराधीहरू लुकेपछि भारतीय प्रहरी नेपाल छिर्छन’, पूर्वगृहराज्यमन्त्री समेत रहेका कँणेलले भने, ‘नेपालले सीमानामा सुरक्षा दिन नसक्दा यस्तो भएको हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्