विराटनगरमा डेंगुको संक्रमणबाट एकजनाको ज्यान गयो

विराटनगरमा डेंगुको संक्रमणबाट एकजनाको ज्यान गयो

विराटनगर । विराटनगरमा डेंगुको संक्रमणबाट एकजनाको ज्यान गएको छ । विराटनगर १० मा रहेको शिक्षा दिप कलेजमा कक्षा १२ मा अध्ययनरत १८ बर्षिय अविनास शर्माको उपचारको क्रममा ज्यान गएको हो ।
विराटनगर ९ भुमि प्रसाशन चोकका फर्निचर उद्योग संचालन गर्दै आएका राजकुमार शर्माको छोरा अविनासलाई भदौ २० गतेबाट सामान्य ज्वरो आएको थियो । उनलाई घर नजिकै रहेको सप्तकोशी अस्पतालमा उपचारको लागि लगिएको थियो ।
सामान्य ओपिडीमा चेकजाँच गरापछि डेंगुको संक्रमण देखिएको थियो । पुनः २ दिन पछि ज्वरो र वान्ता हुन थलेपछि सोही अस्पतालमा भर्ना गरिएको मृतकका काका उमेश शर्माले जानकारी दिए ।
अस्पतालका फिजिसियन डा. अरविन्द साहले शर्मामा डेँगुको सक्रमण देखिएको बताए । उनको २ दिनसम्म उपचारमा सुधार नआएपछि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । सप्तकोशी अस्पतालबाट मंगलबार गोल्डेन अस्पतालमा आईसियुमा भर्ना गरिएका उनको गोल्डेल अस्पतालमा उपचारको क्रममा बुधबार विहान निधन भएको अस्पतालले जनाएको छ ।
वैशाख ३० गते धरानमा देखिएको यो रोग अहिले नेपालको ५६ वटा जिल्लामा फैलिसकेको छ । यता प्रदेश नम्बर एकमा ३ तीन हजार ९ सय ८३ जनामा डेंगुको संक्रमण देखिसकेको छ । विद्यार्थीको असामायिक निधन भएको प्रति कलेजले बिहिवार सार्बजनिक बिदा समते दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्