विराटनगरको गुरुकुलमा गुरुप्रसाद मैनालीको ‘नासो’ मञ्चन

विराटनगरको गुरुकुलमा गुरुप्रसाद मैनालीको ‘नासो’ मञ्चन

विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवमा बिहिबार ‘नासो’ मञ्चन भएको छ ।
बुढानिलकण्ठ से.बो.स्कूलले महोत्सवको सातौँ दिन हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा साहित्यकार गुरुप्रसाद मैनालीको कथा नासोमा आधारित नाटक मंचन गरेको हो ।
आरोहण–गुरुकुल विराटनगरकी पूर्व विद्यार्थी तथा सोहि विद्यालयकी नाटक शिक्षक अस्मिना भट्ट कर्णले निर्देशन गरेको नाटक मंचन गरिएको थियो । नाटकमा सोही विद्यालयमा अध्ययनरत बिप्लव प्रधान, पुजा राउत, दुर्गा प्रसाई, ग्रीष्मा पोखरेल र सुज्यान कर्णले अभिनय गरेका थिए ।
नाटकले ठेट नेपाली संस्कार मान्ने एउटा परिवारको बहुविवाहका कारण उत्पन्न समस्याहरुलाई समेटेको छ । एकजना पुरुषले पहिलो विवाहबाट सन्तान नभएपछि दोस्रो विवाह गरेपछिको उ र उसको परिवारको कथालाई नाटकमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २० गतेदेखि विद्यालय नाटक महोत्सव जारी छ ।
आयोजकको म–नैतिक नाटक मञ्चन गरि सुरु भएको महोत्सवमा ६ विद्यालयले आ–आफ्ना नाटक मञ्चन गरेका छन् । महोत्सवमा भोली शुक्रबार लिलिपुट प्रिमियर इलिमेन्ट्री स्कुलले “प्रधानमन्त्री” मंचन गर्नेछ । विराटनगर महानगरपालिकाको संरक्षण र प्रवद्र्धनमा सुरु भएको नाटक महोत्सवमा दैनिक ४ बजे नाटक मञ्चन हुँदै आएको महोत्सव भदौ २९ गतेसम्म चल्नेछ ।
विद्यालय पनि नाट्य गतिविधि गर्न प्रोत्साहित हुन् भन्ने हेतुले महोत्सव आयोजनका गरिएको आयोजकले जनाएको छ । महोत्सवमा श्री श्री रविशंकर विद्या मन्दिरले भदौ २८ गते शनिबार “चण्डालिका एक अनन्त प्रेम कहानी”र रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले भदौ २९ गते “परिवेश” मञ्चन गर्दै नाटक महोत्सव समापन हुनेछ । नाटक महोत्सवमा सांग्रिला बुक्स र वाईवाई चाउचाउले सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्