संविधान दिवस भव्यताका साथ मनाउन विराटनगर महानगरसँग प्रदेश सरकारको छलफल

संविधान दिवस भव्यताका साथ मनाउन विराटनगर महानगरसँग प्रदेश सरकारको छलफल

विराटनगर । संविधान दिवस भव्यताका साथ मनाउन विभिन्न तयारी शुरु भएको छ । यसका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले संयुक्त छलफल पछि कार्य थालनी गरेका हुन् । विहिवार विराटनगर महानगरपालिकामा भएको छलफलमा असोज ३ गतेको कार्यक्रमलाई भव्य वनाउन आबश्यक व्यवस्थापन गर्ने सहमति भएको छ ।
छलफलमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रमुख सचिव सुरेश अधिकारी , विराटनगर महानगरका मेयर भीम पराजुली , उपप्रमुख इन्दिरा कार्की, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल , प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी , उद्योग संगठनका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, जिल्ला खेलकुद विकास समितिका देवराज कटवाल लगायत विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जनआन्दोलनवाट प्राप्त उपलब्धिलाई जोगाउन र जनतालाई यसको अबस्थावारे बुझाउन कार्यक्रम फलदायी हुने बताए । यसका लागि स्थानिय तह संग समन्वय गर्ने काम भइरहेको जानकारी दिए ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले प्रदेश सरकार र स्थानिय तहको समन्वयमा विराटनगरमा हुने संविधान दिवस भव्य बनाउन अधितम गृहकार्य गरिने बताए । उनले मञ्चब्यवस्थापन तथा सजावटको जिम्मा विराटनगर महानगरले लिएको जानकारी दिए । सहिद मैदानमा हुने कार्यक्रमका लागि जिल्ला खेलकुद विकास समितिलाई समेत जिम्मेबारी तोकिएको छ । यसका लागि विहिवारवाटै कार्यारम्भ गरिएको कार्यक्रममा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्