जगतगुरु श्री रामकृष्णाचार्य विराटनगरमा सम्मानित

जगतगुरु श्री रामकृष्णाचार्य विराटनगरमा सम्मानित

विराटनगर । श्री बैष्णव आचार्य परिषद साथै विभिन्न स्थानका पिठाधिस सम्मिलित आचार्यहरुले चतराधामका त्रीदण्डी अनन्त श्री विभूषित जगतगुरु रामानन्दचार्य श्री रामकृष्णाचार्यलाई सम्मान गरिएको छ । विराटनगर स्थित लक्ष्मिनारायण मन्दिर पान्चालीमा विहिवार आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
केही समय अगाडि कृष्णदासजी महाराज जगतगुरु विभुषित भए संगै १ नं. प्रदेशका आचार्य तथा पिठाधिसहरुले उनलाई सम्मान गरिएको हो । चतराधाममा रहेर धार्मिक तथा आयुर्बेदका ज्ञाता समेत रहेका श्रीराम कृष्णाचार्यलाई धार्मिक उत्थान र सेवाभावको काम गरेको भन्दै सम्मान गरिएको हो ।
श्री १००८ केशव आचार्य स्वामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लक्ष्मीनारायण मन्दिर पान्चालीका पिठाधिस अच्युत प्रपन्चाचार्य , लक्ष्मिनारायण मन्दिर पिपलचोकका पिठाधिस आचार्य रामानुज नेपाल , माइधार भागवत आचार्य स्वामी ,गोविन्द आचार्य स्वामी लगायतको सहभागिता रहेको थियो । यस्तै पान्चाली मन्दिरमा प्रदेश नं १ स्तरिय बराह क्षेत्रीय आचार्य परिषदको तीन दिने विचार गोष्ठि समेत शुभारम्भ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्