४१ क्लब विराटनगरद्वारा रक्तदान

४१ क्लब विराटनगरद्वारा रक्तदान

विराटनगर  । विभिन्न सामाजिक क्रियाकलाप तथा मानवीय विपत्तिमा सक्रिय रही कार्य गर्दै आएको ४१ क्लब विराटनगर नं. १ ले बिहीवार रघुपति जूट मिल्स लि. विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ५५ पिन्ट ब्लड संकलन भएको थियो । रक्तदान कार्यक्रमको सहप्रायोजकमा रघुपति जूट मिल्स लि. थियो ।

विराटनगर ब्लड बैंकका प्रमुखबाट विराटनगरमा विरामीलाई आवश्यक पर्ने ब्लडको अभाव रहेको जानकारी पाएपछि क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ब्लड बैंकमा ब्लडको अभावले ब्लड नपाएका ४ जना बिरामीलाई ४ पिन्ट ब्लड रक्तदान स्थलबाटै उपलब्ध गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्