इलामबाट नेकपाको प्रशिक्षण कार्यक्रम शुरु हुदै , प्रचण्ड र झलनाथ सहभागी हुने

इलामबाट नेकपाको प्रशिक्षण कार्यक्रम शुरु हुदै , प्रचण्ड र झलनाथ सहभागी हुने

भगीरथ भण्डारी
इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकताको डेढ वर्षपछि प्रशिक्षण शुरु गरेको छ । नेकपाले एकता र पार्टीको सिद्धान्तबारे स्थानीय नेता तथा कार्यकर्तालाई बुझाउन प्रशिक्षण शुरू गरेकाे हाे ।

नेकपाले इलामबाट प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता झलनाथ खनाल जानुहुने भएको छ ।

प्रशिक्षण कार्यक्रममा जानुपूर्व अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

प्रशिक्षण भाद्र २७ र २८ गते हुने पार्टीको प्रचार विभागले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । इलामको गौतम वुद्ध सभागृहमा हुने प्रशिक्षणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री झलनाथ खनालले खुला सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ ।

बन्द सत्रको प्रशिक्षण पूर्वसभामुख एवम् नेकपाका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले गर्नुहुने भएको छ ।

प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी, सदस्य, सल्लाहकार कमिटीका पदाधिकारी, प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीका सदस्य, प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीका सदस्य, गाउँ र नगर कमिटीका पदाधिकारी, विभागका पदाधिकारी, वडा कमिटीका अध्यक्ष र सचिव तथा जनसंगठनका केन्द्रिय सदस्य र पदाधिकारीको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्