झापामा मकै उत्पादन वृद्धिका लागि विशेष क्षेत्र समेटेर ‘मकै जोन’ कार्यक्रम

झापामा मकै उत्पादन वृद्धिका लागि विशेष क्षेत्र समेटेर ‘मकै जोन’ कार्यक्रम

विष्णुप्रसाद पोखरेल

दमक, भदौ २६ गते । झापामा मकै उत्पादन वृद्धिका लागि विशेष क्षेत्र समेटेर ‘मकै जोन’ कार्यक्रम यसै आर्थिक वर्षको सुरुवातदेखि लागू भएको छ । जिल्लामा नयाँ कृषि कार्यक्रमका रूपमा मकै जोन थप भएको हो । यसले किसानलाई मकै उत्पादन भएपछि भण्डारण र प्रशोधनका लागि सहयोग हुने विश्वास गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन परियोजना एकाइ झापाका सूचना अधिकारी रविन निरौलाका अनुसार मकै जोन कार्यक्रमको प्रारम्भिक तयारीअनुसार क्षेत्र छनोटको काम सकिएको छ । यसका लागि कम्तीमा पनि पाँच सय हेक्टर जमिनको कलस्टर छनोट गर्नुपर्ने हुन्छ ।उहाँका अनुसार झापा गाउँपालिका–६ र कन्काई नगरपालिका–५ लाई मकै जोनका रूपमा विकास गर्ने प्रस्ताव आएका ेछ । प्रक्रिया र कलस्टर छुट्याएर निवेदन आएको र यहीँ मकै जोन कार्यक्रम लागू हुने उहाँले बताउनुभयो । यसका लागि एक करोड रुपियाँभन्दा बढी बजेट पनि आएको उहाँले जानकारी दिनुभयो ।
मकै खेतीको विस्तार र प्रवद्र्धनका लागि प्राविधिक तथा ज्ञान अभिवृद्धिका लागि सहयोग पु¥याइने सुपरजोन कार्यान्वयन एकाइ झापाका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मकै उत्पादन गर्ने किसान तथा कृषक समूहको सूचीकृत गर्ने काम भइरहेको छ । सूचीकृत भइसकेपछि यस क्षेत्रको अनुगमन गरेर आवश्यकताका आधारमा सहयोग गरिने उहाँको भनाइ छ । मकै रोप्नका लागि आवश्यक पर्ने उपकरणहरूका लागि स्थानीय किसान तथा कृषक समूहको साझेदारीमा कस्टम हायरिङ सेन्टरको स्थापना, मकै भण्डार केन्द्र बनाउने, माटो परीक्षण, सिँचाइलगायतका क्षेत्रमा सहयोग गर्नेसमेत सुवेदीको भनाइ रहेको छ ।

सुवेदीले यस क्षेत्रमा मकै उत्पादन भए पनि भण्डारणको समस्या रहेको, बजारको अभावले गर्दा किसानहरू निराश बन्दै गएका अवस्थामा जोनअन्तर्गत रहेपछि त्यस्ता समस्या समाधान हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्