क्याथ ल्याब सहितको न्यूरोमा मुटु सम्बन्धी सचेत्नामुलक कार्यक्रम सम्पन्न

क्याथ ल्याब सहितको न्यूरोमा मुटु सम्बन्धी सचेत्नामुलक कार्यक्रम सम्पन्न

बिराटनगर भदौ २७ ,

न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा एक दिने मुटुरोग सम्बन्धी सचततनामुलक कार्यक्रम सम्पन्न भएको छ । न्यूरो हस्पिटलको आयोजना तथा विराट व्यापर संघको सहकार्यमा हृदयघात सम्बन्धी सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । हस्पिटलको सभाकक्षममा आयोजित सो काार्यक्रममा न्यूरो हस्पिटलका संस्थापक तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्रकुमार बिष्टले पूर्वी भेगमा पहिलो पटक क्याथ ल्याब मार्फत न्यूरो हस्पिटलले हृदयघात भएका कयौं बिरामीलाई बचाउन सफल भएको बताउनुभयो ।

क्याथ ल्याब भनेको मुटु सम्बन्धी उपचार गर्ने विशेष कक्ष हो । सो सचेतनामुलक कार्यक्रममा हस्पिटलको बरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेश राज श्रेष्ठले हृदयघात तथा यसबाट बच्ने उपाय बारे सहजिकरण गर्नुभयो । उहाँले हृदयघात हुनु अगावै के—कस्ता लक्षणहरु देखापर्ने र सो को उपचार पद्धति बारे जानकारी गराउनुभयो । यस्तै कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ राजिव श्रेष्ठले बर्षमा एक पटक मुटु सम्बन्धी उपचारका गर्न सम्बन्धीत डाक्टर संग परामर्स गर्न सुझाव दिनुभयो । यस्तै विशेषज्ञ फिजिसियन डा. केशर बहादुर गुरुङ र बिशेषज्ञ फिजिसियन डा. अग्रज उप्रेतिले हाइपरटेन्सन तथा डाइबेटिजबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा उपस्थित विराट व्यापर संघका पदाधिकारीहरुलाई जानकारी गराउनुभयो ।

हस्पिटलले यस अघि पनि राउण्ड टेबल लगायतका संस्थाहरुको सहकार्यमा यस किसिमका सचेतनामुलक कार्यक्रम गर्दै आएको र आम जनमानसको स्वास्थ्यको बिषयमा ख्याल गर्न यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिइरहने हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भटट्राईले बताउनुभयो ।

यता , विराट व्यापार संघका अध्यक्ष सुजन थापाले न्यूरो हस्पिटलले आयोजना गरेको उक्त सचेतनामुलक कार्यक्रमले उपस्थित सहभागिहरु सचेत भएको बतााउनुभयो । उहाँले यस किसिमका कार्यक्रम अन्य संघ—संस्था संग मिलेर गर्नु पर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममा न्यूरो हस्पिटलले विराट व्यापार संघका सबै सदस्य तथा पदाधिकारीहरुको सुगर जाँच समेत गरिएको थियो । न्यूरो हस्पिटलले मुटु रोग सम्बन्धी हृदयघात , एन्जियोप्लाष्टि (मुटुमा स्टेन्ट हाल्ने) , पुसमेकर प्रत्यारोपणमा नेपाल सरकारद्वारा विपन्न नागरिकलाई दिने एक लाख रुपैँया छुटको व्यवस्था समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्