विराटनगरमा उठ्यो नीजि क्षेत्रबाट लगानी सम्मेलनका कुरा, स्वीस सरकार लगानी गर्न तयार

विराटनगरमा उठ्यो नीजि क्षेत्रबाट लगानी सम्मेलनका कुरा, स्वीस सरकार लगानी गर्न तयार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) बीच कृषिमा लगानीका सम्भाव्यताको बारेमा छलफल भएको छ । विराटनगमा भएको छलफलको बारेमा प्रदेशमा लगानीको संभावना भएको र त्यसको खोजी शुरु भएको बताएका हुन् ।
छलफलमा बोल्दै स्विस राजदूतावासकी प्रथम सचिव कोर्लि ब्लुनियरले नेपालमा लगानीका धेरै अवसरहरु भएकोले विदेशी लगानी भित्राउन सम्बन्धित निकायमा पहल गर्नुका साथै प्रदेश नं. १ मा लगानी सम्मेलन आवश्यक रहेको बताईन् । उनले प्रदेश सरकारले लगानी सम्मेलन गरेर प्रदेशको लगानीको वातावरण बनाउने हो भने त्यसको लागि आफुहरु लगानीको लागी तयार रहेको उनको भनाई थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहराले कृषि व्यवसायको उत्थानको लागि अक्सन हाउस, वेयर हाउस, एक्सपोर्ट हाउसको स्थापना र कृषि वस्तुको भ्यालु एड अति आवश्यक रहेको बताए । उनले नेपाल सरकारले कृषिको दिर्घकालिन योजना तजुर्मा गरेर अघि बढ्नुपर्ने र कृषि व्यवसायमा अति आवश्यक भौतिक संरचनाहरु निर्माण गर्नु पर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष रमेश राठीले नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)कोे सहकार्यमा सार्वजनिक नीजि साझेदारी नीतिगत सम्वाद मञ्चलाई प्रभावकारी रुपमा अगाडी बढाउदैं आएको जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघले सार्बजनिक नीजि साझेदारीमा लगानी गर्ने बारेमा झापा, ईलाम र उदयपुरमा कार्यक्रम गरि सकेको महासंघका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्