विराटनगरमा निकालियाे भिमसेन जात्रा

विराटनगरमा  निकालियाे भिमसेन जात्रा

विराटनगर । भिंद्यो अर्थात असल देवता नै अपभ्रंस भएर भिमसेन भएको किंवदन्तीका आधारमा नेवार समुदाय बसोबास गर्दै आएको क्षेत्रमा भिमसेनको जात्रा निकालिने गरिन्छ ।  सस्कृतिको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा भिमसेन जात्रा निकालिएको छ । विराटनगरमा बसोबास गर्दै आएका नेवार समुदायले २०७३ सालदेखि भिमसेनको जात्रा निकाल्न थालेका हुन् । स्थानीय संसारीमाइ स्थानस्थित भिमसेन मन्दिरबाट निकालिएको भिमसेनसहितको जात्रा विराटनगरको विभिन्न भागको परिक्रमा गरी सोही स्थानमा समापन गरिएको थियो । जात्रामा नेवारी संस्कृति झल्किने धिमे बाजा र लाखे नाच प्रस्तुत गरिनुका साथै परम्परागत नेवारी पोशाक लगाएर महिलाहरु सहभागि भएका थिए ।यसपटकको भिमसेन जात्रामा नेवार मात्र होइन अन्य समुदायका मानिसहरुको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्