दमक-चिसापानी सडक (फाल्गुनन्द मार्ग) अढाई दशकपछि कालोपत्रे शुरु

दमक-चिसापानी सडक (फाल्गुनन्द मार्ग) अढाई दशकपछि कालोपत्रे शुरु

दमक ।  २०५१ सालमा स्थानीय स्तरबाट निर्माण शुरु भएको दमक-चिसापानी सडक (फाल्गुनन्द मार्ग) अढाई दशकपछि कालोपत्रे शुरु भएको छ। यस अघि केही झापा खण्ड कालोपत्रे भए पनि इलाम खण्डमा गतवर्ष मात्र काम शुरु भएको हो। तर कालोपत्रे खण्ड विस्तार हुन नपाउँदै पहिले गरिएको कालोपत्रे जीर्ण बन्दै आएको छ।

यस पटक भने एक मुष्ट २ अर्व रुपैयाँको ठेक्का प्रक्रिया शुरु भएसँगै झापा र पाँचथर कालोपत्रेमार्फत जोडिने आशा बढेको हो।  यो सडकलाई इलामको चुलाचुली, माङ्सेबुङ् र दक्षिणी इलामका बासिन्दाको ‘लाइफ लाइन’ को रुपमा लिने गरिएको छ। गत वर्ष पूरा ट्र्याक खोलिएको यस सडक निर्माणका लागि थप २ अर्व रुपैयाँ खर्च हुने भएको हो।

दुईवटा प्याकेज बनाएर सडक कालोपत्रेका लागि ठेक्का सूचना सार्वजनिक भएसँगै सडक निर्माणले तिव्रता दिने आशा बढेको उपभोक्ता समितिले जनाएको छ। सडक निर्माण समिति अध्यक्ष रेवतराज पुरी (गगन) ले सो रकमले कालोपत्रे बनाउन बाँकी खण्डमा काम हुने जनाएका छन्।

३५ किलोमिटर लामो सडकको झापा खण्ड कालोपत्रे भइसकेको र गत वर्षदेखि इलामतर्फ मर्चेबुङ् सम्मको ७ किलोमिटरमा पनि निर्माण कार्य जारिरहेको उनले जनाए। हालै प्रकाशित सूचना अनुसार ठेक्का लाग्ने प्रक्रियाबाट मर्चेबुङदेखि मानपुर र मानपुरदेखि चिसोपानीसम्म सडक कालोपत्रे गरिने उनले बताए। यस अघि उपभोक्ताको तर्फबाट प्रधानमन्त्री केपी ओलीलाई भेटी सडक निर्माणका लागि बजेट बिनियोजनमा प्राथमिकता दिन माग पनि गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्