विराटनगरमा एकजनाको ज्यान जाँदा पनि डेंगी नियन्त्रणमा महानगरको ध्यान गएन

विराटनगरमा एकजनाको ज्यान जाँदा पनि डेंगी नियन्त्रणमा महानगरको ध्यान गएन

विराटनगर । धरानमा गत वैसाख ३० गते देखा परेको डेँगीको संक्रमण विराटनगरमा देखिए को एक महिना नाघ्यो । डेँगीको संक्रमणका कारण विराटनगरमा एक विद्यार्थीको समेत ज्यान गईसकेको छ । धरानमा महामारीको रुपमा शुरु भएको डेंगीको संक्रमण विराटनगरमा देखिएपनि केही ठाउँमा मात्र स्प्रे गर्ने काम भयो त्यो बाहेकका गतिबिधि महानगरपालिकामा देखिएन ।
विराटनगरको शिक्षादिप कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी अभिनाश शर्माको डेँगीको संक्रमणबाट ज्यान गएको हो । डेँगु रोग पछिल्लो समय माहामारीको रुपमा फैलदै गएकाले यसलाई सम्बन्धीत निकायले खासै चासो देखाएको देखिएन । विराटनगरका युवा अभियान्ता बसन्त अधिकारीले सरोकार निकाल वेलैमा सचेत हुनुपर्ने बताए ।
महानगरले केही समय डेँगु नियन्त्रण गर्न अभियान त चाल्यो तर विचैमा यो अभियान रोकेको थियो । संयुक्त टोल नगर समन्वय समितकिा सांयोजक राजेश मास्केले डेंगी नियन्त्रण गर्ने बारेमा महानगरसँग मिलेर अभियान चलाएको तर खासै प्रभावकारी नभएको बताए ।
धरानमा देखिएको डेंगीको संक्रमण विराटनगरमा पनि फैलन सक्ने र माहामारीको रुपमा देखा पर्न सक्ने भन्दै सम्बन्धित स्वास्थ्य क्षेत्रका ब्यक्तिहरुले सचेत गराएका थिए । तर विराटनगरका प्रभावकारी अभियान नभएको आरोप लागि रहेको अबस्थामा बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगर डेंगी नियन्त्रणमा लिने अभियानमा लागेको बताए ।
विराटनगरमा यसरी डेँगुबाट नै ज्यान गुमाउन पुगेको प्रति महानगरले दुःख व्यक्त गदै यसको लागि भोलीबाट नै डेँगु नियन्त्रण अभियान थालिने मेयर पराजुलीले बताए ।
जब विद्यार्थीको ज्यान गयो अनि डेँगु नियन्त्रण गर्ने भनेर लागि परेको महानगरले केही ब्यक्तिमा संक्रमण देखिएको बेला देखि नै अभियानलाई निरन्तरता दिएको भए डेंगी संक्रमणको जोखिम कम हुने स्थानीय बताउँछन् । एकजनाको ज्यान गएसँगै विराटनगरमा पनि डेँगी माहामारीको रुपमा आउन सक्नेमा स्थानीयमा त्रास छ । डेंगीको संक्रमणबाट बच्नको लागि विभिन्न उपायहरु अपनाउन सप्तकोशी नर्सिङ होम विराटनगरका बरिष्ट फिजिसियन डा. अरविन्द साहले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्