बिहीबार अपहरणमा परेकी महिलाकाे सकुशल उद्धार, ४ जना अपहरणकारी पक्राउ

बिहीबार अपहरणमा परेकी महिलाकाे सकुशल उद्धार, ४ जना अपहरणकारी पक्राउ

काठमाण्डाै - काठमाण्डौबाट अपहरणमा परेका व्यक्तिलाई सकुशल उद्धार गरी अपहरणमा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट पोखराकी एल्ली गुरुङलाई बिहीबार अपहरण गरी  दुई लाख ५० हजार रुपैयाँ फिरौती रकम माग गर्ने चार जनालाई राति नै पक्राउ गर्न सफल भएको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले बताउनुभयो ।

पक्राउ पर्नेमा नुवाकोटका मिलन राई, काभ्रेका विनेश पहरी, सिन्धुपाल्चोकका दिनेश लामा र काठमाण्डौका सुशील उप्रेती छन् । उनीहरुले गुरुङलाई अपहरण गरी हङ्गेरी फुडल्याण्ड एण्ड क्याफेमा पुर्‍याएर फिरौती मागेका थिए ।

अपहरणकाे सूचना पाउनेबित्तिकै महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्